इन्द्रेणी संवाददाता
दाङ, १२ जेठ
आपूर्ति मन्त्री गणेशमान पुनले आगामी वजेटमा सहिदका छोराछोरीले अध्ययन गर्दै आएका विद्यालयका लागी वजेट वढाउने वताउनुभएको छ ।13240165_1746822172201823_333950332450786194_n सहिद स्मृति आवासीय उच्च मा.बि मानपुर ७ वनकट्टी दाङको ५ औं वार्षिक उत्सव तथा अभिभावक भेलालाइ सम्वोधन गर्दै मन्त्री पुनले यस्तो वताउनुभएको हो ।

सहिदका छोराछोरीहरु पढे लेखेर सक्षम वन्नैपर्ने अवस्था आएको भन्दै त्यसका लागी सरकारले त्यस्ताखाले विद्यालयका लागी वजेट वढाँउदै जाने उहाँले वताउनुभयो । ति विद्यालयको स्तरउन्नती तथा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागी वजेटकै आवश्य पर्ने उहाँको छ ।

विद्यालयको वार्षिक उत्सलाइ सम्वोधन गर्दै मन्त्री पुनले शान्ति प्रक्रियाका केहि काम पुरा गर्न वाँकी रहको जानकारी दिनुभयो । त्यसका लागी आफुहरु लागिपरेको उहाँको भनाइ छ ।

2अर्को प्रसंगमा मन्त्री पुनले आपुर्ति व्यवस्थापनका लागी थप प्रभावकारी वनाउन सरकार लागिरहेको वताउनुभयो ।

आपुर्ति व्यवस्थापनका लागी भन्दै सरकाले देशका विभिन्न ठाँउमा इन्धन डिपो स्थापना गर्न लागेको जानकारी दिनुभयो ।

आपूर्तिमन्त्री गणेशमान पुनले दाङको तुलसीपुरमा प्रदेशस्तरीय इन्धन डिपो स्थापनाको प्रक्रिया सुरु भएको वताउनुभयो ।।