रेखा मगर
दाङ, १२ जेठ
दाङको घोराही नगरपालिका ३ हरिद्धारस्थित हरिद्धार खानेपानी योजना अलपत्र परेको छ । गाँउमा खानेपानी ट्याङ्की निर्माण भएको झण्डै ४ वर्ष पुगेपनि उपभोक्ताको घरघरमा पानी पुग्न नसकेको स्थानीय राजकुमार चौधरीले जानकारी दिनुभयो ।tyanki

१ करोडको लागतमा खानेपानी ट्याँकी निर्माण भएपनि अहिलेसम्म पाइपलाइन विस्तार हुन नसकेको उहाँले वताउनुभयो । ५ सय घरपरिवारका ३ हजार जनसंख््यालाइ पानी पु¥याउने उद्देश्य राखिएपनि वजेट नहुँदा समस्या भएको वताईको छ ।

खानेपानी योजना अन्तर्गत घोराही नगरपालिका ३ हरिद्धार भालुमाराका उपभोक्तालाइ पानी उपलव्ध गराउने गरी काम भएको थियो । अहिले त्यस क्षेत्रका स्थानीयले कुवाँको पानी पिउदै आएका छन । पाइपलाइन विस्तारका लागी वजेट नहुँदा योजना अलपत्र परेको खानेपानी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष गिरमान पुन मगरले जानकारी दिनुभयो ।

योजना पुरा गरेर उपभोक्ताको घरघरमा पानी पु¥याउने लक्ष्य अनुसार काम गर्न लागिपरेको उहाँको भनाइ छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसंग समस्याका वारेमा जानकारी गराएको र अर्को वर्षदेखि योजना सन्चालन गर्ने आश्वासन पाएको उहाँले वताउनुभयो ।।