पोखरा, १४ पुस । पोखराको लेकसाइडमा १८ औं संस्करणको सडक महोत्सव सुरु भएको छ । महोत्सवको एक कार्यक्रमका बीच बुधबार नेपाल सरकारका शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले उद्घाटन गरे । पर्यटन क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

1पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रेष्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल रेवान पोखराले पोखरामा हरेक वर्ष सडक महोत्सव गर्दै आइरहेको छ । अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा आयोजित महोत्सव ५ दिनसम्म जारी रहनेछ ।

street-festival-1पोखरालाई संसारभर चिनाउन तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए ।