नवलपरासी, १४ पुस । नवलपरासीको हकुईमा आज भएको दुर्घटनामा एक बालकको ज्यान गएको छ । दुर्घटनामा परी १० वर्षीय बालक बाल बिकास सहानीकोे ज्यान गएको हो ।

downloadआफ्ना आमा बाबुसंग लु २ प ७४६४ नम्बरको मोटरसाईकलमा सवार बालकको परासीदेखि भैरहंवा तर्फ जादै गरको एच आर ५५ डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बालकका हकुई ८ निवासी बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाइते छन् । घाइते दुबैको पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ ।