पुष्पकमल दाहाल‘प्रचण्ड’ (प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष)
तपार्इं नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने व्यक्तिहरूमध्ये एक हुनुहुन्छ। नेपालमा पछिल्लो २५ वर्षमा १८ पटक सरकार फेरबदल भएको छ। राजसंस्थाको अन्त्य भएपछि ९ वर्षमा ८ पटक प्रधानमन्त्री बदलिइसकेको छ। तपाईको लोकतन्त्र के सही बाटोमा गइरहेको छ ?
तपार्इंले जुन प्रश्न गर्नुभयो, त्यो मेरो दृष्टिकोणमा अत्यन्तै महत्वपूर्ण र संवेदनशील प्रश्न हो। अहिले नेपाल संक्रमणकालीन अवस्थामा छ। हामीले शान्ति सम्झौता गरेर निकै ठूलो राजनीतिक परिवर्तनको जिम्मेवारी उठाएका छौं। यसलाई स्थायित्व प्रदान गर्न निकै ठूलो मेहनतको जरुरत पर्दछ। युद्धरत पक्षलाई मुलधारमा समावेश गर्नु र हतियार व्यवस्थापन गर्नु शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण मुद्दा थियो। यसलाई हामीले सफलतापूर्वक सम्पन्न ग¥यौं। त्यसपछि ९ वटा सरकार बन्यो या ८ वटा, यो महत्वपूर्ण होइन। यही अवधीमा हामीले संविधानको घोषणा गर्यौं। अझै गर्नुपर्ने धेरै कामहरू बाँकी छन्। स्थिति त्यति निराशाजनक छैन, जति तपाईंले सोच्नुभयो।
क्रान्तिपछि केही मानिसलाई लागेको थियो, तपाईं दक्षिण एसियाको नेलसन मन्डेला हो। तर त्यस्तो हुन सकेन। कहाँ चुक्नुभयो तपाई ?
हाम्रो शान्ति प्रक्रिया निकै अनौठो छ। हाम्रो आन्दोलन र नेलसन मन्डेलाले गरेको आन्दोलनमा केही समानता र असमानता दुवै छ। समय र मूल सिद्धान्त दुवैमा अन्तर छ। जसरी हामी शान्ति सम्झौता गरेर अगाडि बढिरहेका छौं, यो अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनमा अनौठो कुरा हो। यो निकै चुनौतीपूर्ण कार्य पनि हो। माओवादी आन्दोलनलाई सरकारसम्म पुर्याउनु निकै ठूलो जोखिमको कुरा पनि थियो।
तपाईं भारत जाँदै हुनुहुन्छ। यो भ्रमणको उद्देश्य के हो ?
भारतसँग विश्वासको बलियो आधार तयार गर्न जरुरी छ। नेपाल–भारतको सम्बन्ध पछिल्लो समय राम्रो भएन। यो अवधिमा आपसी शङ्का र भ्रम धेरै बढ्यो। संविधान घोषणाको समयमा भएको नाकाबन्दीबाट धेरै कठिनाइ भयो। भारत भ्रमणको प्रमुख उद्देश्य के हो भने दुई देशबीच नयाँ विश्वास बनोस्। त्यसकारण यो भ्रमण ुगुडविल भिजिटु जस्तो रहनेछ। मलाई पूर्ण विश्वास छ की यो भ्रमणले दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउनेछ र ऐतिहासिक हुनेछ।
म पहिला पनि प्रधानमन्त्रको रूपमा भारत गएको छु। तर, त्यसबेलाको मेरो पार्टीको स्थिति, देशको स्थिति र अहिलेको स्थितिमा निकै अन्तर छ। त्यसबेला क्रान्ति र युद्धको जबरजस्त असर मेरो दिमागमा थियो। राजनीतिक स्वभावलाई राम्रोसँग बुझ्न केही समयको आवश्यकता थियो। १० वर्षको उतार–चढावबाट जुन तरिकाले म गुज्रिएँ, मलाई लाग्छ अब म निकै परिपक्व तरिकाले दुबै देशको सम्बन्धलाई मजबुत गराउन पहल गर्नेछु।
भारतमा निकै मजबुत सरकार छ। सरकारसँग पूरा बहुमत छ। मोदीजीको आफ्नै स्पष्ट तरिका छ। तपाईंको नजरमा प्रधानमन्त्री मोदी कस्तो नेता हो ?
मोदीजी र मेरो सोच्ने तरिका र केमिस्ट्रीमा निकै समानता छ। तर, परिस्थिति र हाम्रो विचारधारामा फरक छ। तर यो बेग्लै कुरा हो। उहाँ विशाल भारतको बहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ। पहिलो पटक जब मोदी नेपाल आएर संसदमा भाषण गर्नुभयो, त्यसबेला पनि हाम्रो कुराकानी भएको थियो। नेपालको इतिहासमा निकै कम देख्न पाइन्छ, एकजना छिमेकी देशको प्रधानमन्त्री आएर मानिसहरूलाई यस किसिमको हौसला दिए। उहाँसँग भएको पहिलो भेटघाट निकै राम्रो थियो। दोस्रोपटक पनि हाम्रो जमेर कुराकानी भयो। मोदीजीप्रति मेरो र नेपाली जनताको भरोसा छ। अब यस विश्वासलाई बलियो बनाउन मेरो ध्यान केन्द्रित हुनेछ।
तपाई दुवै देशलाई गहिराइका साथ बुझ्नु हुन्छ। बीचबीचमा कुटनीतिक अप्ठ्याराहरू आउँछन्। यसको प्रमुख कारण के हो ?
मोदीजी नेपालमा दोस्रो पटक आउने जुन आशा जागेको थियो, जुन प्रकारको उत्साह थियो, यसलाई हामी दुबै मिलेर कायम राख्नुपर्ने थियो। त्यो दुर्भाग्यपूर्ण हो। त्यहाँबाट पाठ सिक्नुपर्छ। अब आरोप–प्रत्यारोप होइन, समीक्षा गर्नुपर्छ। यस्तो किन भयोरु नेपालको तर्फबाट हो या भारतको तर्फबाटरु हामी दुवैजना बसेर तय गर्नेछौं, यस्तो परिस्थिति फेरि नआओस्। यसको लागि मिलेर काम गर्न आवश्यक छ। वातावरण त्यही दिशामा अघि बढिरहेको छ।
हामी संविधान निर्माणको प्रक्रियामा थियौँ। हामी सबैलाई मिलाएर लैजान प्रयास गरिरहेका थियौँ। मोदीजीले पनि पटकपटक भन्नुभएको थियो, पहाड, मधेसका सबै पार्टीहरू माओवादीसहित मिलेर संविधान बनाउन जरुरी छ। तर, संविधान शतप्रतिशत सहमतिमा बनाउन सजिलो थिएन। जब संविधान घोषणा भयो, तब केही पार्टीहरू खासगरी मधेसी दल असहमत थिए। राष्ट्रपतिको तर्फबाट संविधान घोषणा गर्ने कार्यक्रम पनि तय भएको थियो। तर भारतको तर्फबाट घोषणा रोक्ने सुझाव आयो। भारतबाट दूत आएकै बेला मैले यो गलत समय भयो भनेको थिएँ।
एक मिडियाका अनुसार तपाईले कुटनीतिज्ञहरूलाई आफ्नो भ्रमणमाथि शंका नगर्न भन्नु भएको थियो। नेपालमा पटक पटक आशंकाको माहौल किन्न बन्ने गर्छ ?
जब कोही प्रधानमन्त्री भारत जान खोज्छ त्यही बेला तरङ्ग उठ्ने गर्छ। निकै आशा र आशंका उब्जने गर्छ। हामी निकै नजिक छौं त्यसकारण शंका र विश्वास हुने गर्छ। त्यसकारण मैले कुटनीतिज्ञहरूलाई भनेको थिएँ– शंकाको आवश्यकता छैन। म पुरै विश्वासका साथ गइरहेको छु। राम्रो परिणाम आउनेछ। मैले के पनि भनेको छु भने नेतृत्वलाई धेरै दबाब दिँदा कुनै पनि काम हुँदैन। नेतालाई नेतृत्व गर्न दिनुस्। केही ऐतिहासिक काम गर्नुछ भने लिडरले केही जोखिम त लिनु पनि पर्छ। त्यसमा दबाब दिँदा कुनै पनि काम बन्दैन।
विचारधारा त तपाईं र मोदीको फरक छ। तपाईंको सैद्धिन्तिक रुझान चीनसँग धेरै मिल्छ। नेपाल–भारत सम्बन्धमा चीन कुनै मुद्दा हो ?
मलाई त्यस्तो लाग्दैन। हामी जसरी काम गरिरहेका छौं, त्यसमा विचारधारा अगाडि आउँदैन। दुवै देशको सम्बन्ध बलियो गर्नुछ। दुवै छिमेकी देशमा राम्रो सम्बन्ध हुनुपर्दछ। मोदीजी पनि केही ुरिस्कु लिएर, परम्पराबाट हटेर केही गर्न चाहनुहुन्छ। म पनि त्यही चाहन्छु। जहाँसम्म चीनको कुरा छ, मलाई लाग्दैन चीन कुनै विचारधारा लिएर चलिरहेको छ। उसको लागि बिजनेस, नाफा र अर्थतन्त्र महत्वपूर्ण छ। भारतसँग पनि उसको व्यापार दिनानुदिन बढ्दै गइरहेको छ। त्यसकारण अब विचारधाराको कुनै कुरा छैन। कुरा आफ्नो– आफ्नो राष्ट्रिय हितको हो।
नेपाल र भारतको खुला सिमाना छ। अन्तर्राष्ट्रिय विमानमा भारतीय र नेपाली नागरिकहरू जाने बाटो एकै ठाउँ छ, अरुका लागि फरक छ। हामी एकै हौं जस्तो देखिन्छ। कुराकानीले सबैले। यो अन्त्य हुनुहुँदैन। तर पटक पटक आशंका हुने गरेको छ, यस्तो रिपोर्ट छ की पाकिस्तानको खुफिया एजेन्सी आइएसआईले नेपालमा लगानी गरिरहेको छ। खास गरी तराईमा।
के तपाईसँग कुनै त्यस्तो योजना छ जुन भारतविरोधी गतिविधिहरू नेपालमा संचालित नहोस् ?
म प्रष्ट पार्न चाहान्छु– भारतविरुद्ध नेपालबाट कुनै पनि प्रकारको गतिविधि संचालित हुन दिनु हुँदैन। पहिला पनि त्यस्तो थिएन। कुनै पनि देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिनु हुँदैन। यो विषयमा आम नेपालीदेखि राजनीतिक दलहरू र सरकारको धारणा प्रष्ट छ। हामी जब दुबै देशको सम्बन्धलाई मजबुत गर्न जुटिरहेका छौं भने यो विषयमा पनि मिलेर काम गर्नु पर्छ।
तपाईं लामो समय भूमिगत भएर जङ्गलमा रहनु भयो। तपाईलाई त्यो अवधिमा कुनै त्यस्तो कठिनाइ त भएन, जस्तो मन्डेलाको आँखाको ज्योतिमा समस्या थियो। त्यस्तो कुनै समस्या भएन ?
त्यस्तो कुनै समस्या छैन। म जङ्गलमा बसिन। साँच्चै भन्ने हो भने म धेरैभन्दा धेरै मान्छेको बीचमा बस्थेँ। धेरै त म भारतको दिल्लीदेखि मुम्बई, कलकत्ता, बैङ्लोर सबै ठाउँमा बसेँ।
(लाइभ हिन्दुस्तान डटकममा भदौ २६, २०७३ प्रकाशित अन्तर्वार्ताको सम्पादित अंश)
