शोभा रावत
तुलसीपुर, १४ पुस । तुलसीपुर नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ९७ लाख ९३ हजार ३ सय ६१ रुपैयाँ राजस्व सङकलन गरेको छ ।
गतवर्षको भन्दा ७० लाख ८७ हजार १ सय १२ रुपैयाँ राजस्व सङकलन भएकाले यो आवमा राजस्व उलेख्य बृद्धि हुने नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताए ।
सेवागा्रहीहरु थपिनु र यसवर्ष वडाहरु पनि सेवा ग्राहीहरु थपिएका कारण राजस्वमा बृद्धि भएको हो । सेवाग्राहीहरुमा कर तिर्ने वानीको विकास पनि बढ्दै गएको नगरपाकिाले जनाएको छ ।
