तुलसीपुर १३ पुस । तिन दर्जन बढी बालबालिकाहरुलाई छात्रवृत्रि र शैक्षिक सामाग्री वितरण गरीएको छ । पिडीत सेवा संघ दाङको आयोजनामा राप्ति अंचलका विभिन्न कारागारमा रहेका कैदि बन्दीका ३६ जना वालवालीकाहरुलाई एक कार्यक्रमको आयोजनागरी १ लाख १५ हजार २ सयको शैक्षिक सामाग्री वितरण गरेको हो ।
पिडीत सेवासंघ दाङका अध्यक्ष टोप वहादुर महतराको अध्यक्षता तथा पिडीत सेवासंघका केन्द्रिय निर्देशक दिनेश न्यौपानेको प्रमुख आतिथ्य तथा इसाई समाजका दाङका अध्यक्ष शालिकराम शाहुको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा शैक्षिक सामाग्री वितरण गरीएको हो ।
सेवा संघले प्रतिवालवालीकालाई झोला, विद्यालय ड्रेस, व्यक्तिगत सरसफाईका लागी आवस्यक सामाग्री र कापि कलम गरी तिन हजार २ सय वरावरको सह्योग गरेको अध्यक्ष महतराले वताए । त्यस्तै पिडीत सेवा संघले कैदीवन्दिका छोरा, छोरीलाई प्रत्यक महिना प्रदान गर्दै आएको छात्रवृत्ति १ हजार वरावरको रकम ३६ जना वालवालीकालाई ३ महिनाको प्रति व्यक्ती तिन हजारको दरले १ लाख ८० हजार नगत सह्योग गरेको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा पिडीत सेवासंघका अध्यक्ष टोप वहादुर महतराले कैदि बन्दीका वालवालीकाहरुलाई आगामी दिनमा पनि सह्योग गर्दै जाने वताएका थिए ।
