संजय कुशवाहा

नवलपरासी  १४ पौष । नवलपरासीको त्रिवेणी ४ सुस्ताका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न भारतमा जान बाध्य भएका छन । २०५९ सालमा जनता दलित प्र।वि स्थापना भई हाल बिधालयमा कक्षा ५ सम्म पठनपाठन हुदै आएको छ। बिधालयमा २ सय ५५ जना विद्यार्थीहरू छन जस मध्य १ सय ३३ जना छात्रा रहेका छन ।

untitled-1

५ कक्षा उत्तीर्ण भए पछि उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरू भारतमा जान बाध्य भएका छन ।भारतिय बिधालयहरूले सुस्ताका विद्यार्थी हुन भनेर भर्ना नलिए पछि दिनहु नारायणी नदि लाई जोखिम पुर्ण अवस्थामा डुङ्गा बाट पकलिहवा,त्रिवेणी लगाएतका बिधालयहरूमा पठनपाठन को लागि आवतजावत गर्न बाध्य छन । एक विगहा क्षेत्रफलमा स्थित बिधालयमा बाउन्डरी,गेट नभएको हुनाले पशुहरू छिर्दा विद्यार्थीहरू लाई खेल खेलनुका साथै पठनपाठन मा अवरोध पुगेको छ।

दलित समुदायका बालबालिकाहरूको बाहुल्यता रहेको छ।सहज रूपमा शिक्षा नपाए पछि अधिकाशं बालबालिकाहरू खेतीपातीमा लागेको देखन सकिन्छ । बिधालयका प्रध्यापक उदय बहादुर रूचाल ले दिएको जानकारी अनुसार बिधालयमा हाल ६ जना शिक्षकले अध्यापन गराउदै आएका छन ।

त्यस्तै गरि स्वास्थ्य अवस्था पनि दयनीय रहेको देखन सकिन्छ ।२०६९ सालमा त्रिवेणी समुदायिक स्वास्थ्य चौकी तीन कठ्ठा जग्गामा दुई कोठे भवन तयार गरि स्थापना भएको हो ।दैनिक रूपमा २५ देखि ३० जना बिरामीहरू उपचारका लागि आउने गर्दछन ।चौकीमा सेवाग्राहीहरू का लागि शौचालय ,खानेपानीको पनि उचित ब्यवस्था हुन सकेको छैन ।

करिब तीन हजार पाच सय जनसंख्या रहेको सुस्ता स्वास्थ्य चौकीमा अौषधि अभावका कारण बिरामीहरूले सास्ती ब्यहोर्नु परेको छ।चौकीमा एक अहेब सहित ३ जना स्वास्थ्य कर्मी रहेका छन।डाक्टर नहुदा गम्भीर बिरामीहरूलाई उपचारमा समेस्या हुने गरेको छ।गर्भावती महिलाहरूको ज्यान जोखिम मा पर्ने गरेको छ।सहजरूपमा सेवा नमिले पछि सेवाग्राहीहरू भारत र ज्यान जोखिममा पारेर डुङ्गा बाट नारायणी नदि पार गरि सदरमुकामको जिल्ला अस्पताल जाने गरेका छन ।