प्रकाश डाँगी / तुलसीपुर १३ पुस । मानबिय स्वास्थ्य खानेपानी तथा सरसफाईको क्षेत्रमा रेडक्रसले खेलेको भुमिका प्रति दाङका बिभीन्न सरोकार वालाहरुले प्रशंसा गरेका छन ।
नेपाल रेडक्रस सोसाइटि दाङले सञ्चालन गरेका कार्यक्रमहरुको बार्षिक गतिबिधि बारेमा सरोकारवाला निकायहरुसंग बुधबार गरेको बार्षिक समिक्षा गोष्ठिमा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले रेडक्रसको कामको प्रशंसा गरेका हुन् ।
रेडक्रस दाङले हाल जिल्लामा प्रत्यक्ष मानबिय हितका लागी गाबिस तथा नगरपालिका हरुमा बिभीन्न ४ वटा परियोजना हरु संचालन गरिरहेको छ । जिल्लाको पञ्चकुले, धनौरी र श्रिगांउ गाबिसमा सञ्चालनमा आयको सामुदायिक स्वास्थ्य , खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम अन्र्तगत सम्बन्धित गाबिसहरुमा बिभिन्न क्रियाकलाप संचालन भईरहेको छ ।
कार्यक्रम सञ्चालन भएसंगै गरिएका बिभिन्न गतिबिधिहरुले समुदायमा मानबिय स्वास्थ्य सरसफाई लगायतका क्षेत्रमा उल्लेखनिय कार्य भएको कार्यक्रममा बक्तmाहरुले बतायका छन ।
कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभजन कार्यालयका ईन्जिनीयर तिलक न्यौपाने ,जिल्ला जनस्वास्थ्य कार्यालयका जनार्दन गौतम ,रेडक्रस दाङका कोषाध्यक्ष कुसल तर्ताल ,पञ्चकुले गाबिसका गाबिस सचिब चन्द्र कुमार डांगी ,पञ्चकुले स्वास्थ्य चौंकीका मोहन रावत ,पत्रकार गोबिन्द खड्का लगायतकाले कार्यक्रमको समिक्षा सहित रेडक्रसको कार्य सराहानिय रहेको वताएकाथिए ।
कार्यक्रम लागु भयका ३ गाबिसहरुमा खानेपानी योजनाहरु सञ्चालन हुन थालेका छन कार्यक्रममा गतिबिधी बारे प्रकाश पारदै कार्यक्रम संयोजक बिश्राम अधिकारीले आफुहरु बिभीन्न सरोकार वाला निकायहरु संग समन्वय गरर्दै कार्य अगाढी बढायकोले काममा थप सहज समेत भयको बताए ।
उनले हाल आफुहरुले संचालन गरेका बिभीन्न गतिबिधीहरुमा समेत अहिले अन्य निकायहरुले सहयोग एंब सिको गर्न थालेको मा आफुहरु लाई काम गर्न थप हौसला मिलेको बताएका थिए ।
