बिजौरी १३ पुस । बिजौरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २० गतेदेखि सुरु हुने व्यापाररिक महोत्सवको स्टल बुकिङ कार्य आजदेखि सुरु भएको छ । २ सय ५० वटा स्टल मध्ये पहिलो दिन २० वटा स्टल महोत्सवको सचिवालयमा बुकिङ भएको महोत्सव मुल आयोजक समितिका संयोजक मुकेश वलीले जानकारी दिनुभएको छ ।
त्यसैगरी महोत्सवको प्रायोजकमा सोना मिनरल्स एण्ड आयल प्रालि रहेको छ । महोत्सवको सहप्रायोजकहरुमा दुर्गा फ्रेस हाउप, शुभ हार्डवेयर्स, दुर्गा आयल मिल, खडका हार्डवेयर्स, वली कपडा पसल, मनकामना पोल्टी फिड एण्ड सप्लासर्य, संगम स्वर्गद्वारी ट्रेडलिङ्क प्रालि, सत्य साइटेक्निकल इस्टिच्युट बिजौरी र भ्याली भ्यू पेपर हाउस रहेका छन् ।
बिजौरी क्षेत्रमा पहिलो पटक आयोजना गरिएको महोत्सवको तयारी व्यापकरुपमा अघि बढाइएको छ । साथै व्यापारीहरु समेत निकै उत्साहित रहेको मुल आयोजक समितिका संयोजक मुकेश वलीले जानकारी दिनुभएको महोत्सव मुल हायोजक प्रचार प्रसार समितका सदस्य गोकर्ण पौडेलले जानकारी दिनुभएको छ ।
