काठमाडौं, १३ पुस । कतै उपराष्ट्रपतिको पिए त कतै उपराष्ट्रपतिको छोरा हुँ भन्दै विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयहरूमा पैसा माग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्यक्रम गर्नका लागि जवरजस्ती रकम माग गरेको उजुरीका आधारमा सिन्धुपाल्चोक जिल्ला राम्चे गाविस–५ हाल भक्तपुर, कमलविनायक बस्ने कमल भन्ने रोशन सुवेदीलाई पक्राउ गरेको हो । अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि आवश्यक कानुनी कारवाही गरेको जनाएको छ ।
सुवेदीले उप–राष्ट्रपतिको पिए र छोरा हुँ भनि ९८६१६९८१२२ नम्बरबाट राजश्व अनुसन्धान विभाग, औषधी व्यवस्था विभाग, नेपाल कृषी अनुसन्धान परिषद, नापी विभाग, केन्द्रिय पञ्जिकरण विभाग, परराष्ट्र मन्त्रालय, हुलाक सेवा विभाग, डिल्ली बजार आध्यात्मिक समाज, नयाँ बानेश्वर जल उत्पन्न प्रकोप न्यूनिकरण विभाग र खुमल्टारमा फोन गरेर पैसा मागेको महाशाखाले जनाएको छ ।
