घोराही, १३ पुस । गोग्लीस्थित घोराही सिमेन्ट उद्योगले तत्काल धुलो, धुवा र ध्वनी प्रदुषण नरोके न्यायका लागि अदालतमा जाने प्रभाबित क्षेत्रका नागरिकले बताएका छन् ।
सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण संरक्षण तथा सरोकार समितिले आज घोराहीमा पत्रकार सम्मेलन गरी सिमेन्ट उद्योगले जनस्वास्थ्य र वातावरणमा खेलवाड गरेको आरोप लगाउर्दै उनीहरु न्यायका लागि अदालतसम्म पनि पुग्ने चेतावनी दिएका छन् ।
लक्ष्मीपुर ६ र ८ क्षेत्र भित्रका नागरिकसहित चुनढुंगा खानी जाने घोराही तापा सडकखण्ड आसपासका जनताले उद्योगले आफूहरुसँग भएका सम्झौता समेत कार्यान्वयन नगरेको भन्दै पीडा पोखेका छन् ।
