शंकर केसी,
रोल्पा, १३ पुस । रोल्पाको जुंगारमा आजदेखि १६० घण्टे सुरक्षा गार्ड तालिम शुरु भएको छ । पूर्व प्रहरी सेक्युरिटी सर्भिस प्रालि तुलसीपुर दाङको आयोजना र व्यवसायिक तथा सिप विकास तालिम केन्द्रको सहयोगमा तालिमको आयोजना गरिएको हो ।

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत व्यवसायिक तथा सिप विकास तालिम केन्द्रको स्वदेशमै युवालाई रोजगार उपलव्ध गराउने उद्देश्य अनुरुप तालिमको आयोजना गरिएको पूर्वप्रहरी सेक्युरिटी सर्भिस प्रालिका फिल्ड अधिकृत चिरञ्जिवी रिजालले बताए । तालिममा पुरुष ३० र महिला १० गरी ४० जनाको सहभागिता छ ।