काठमाडौँ, १३ पुस । नेकपा एमाले लगायतका केही दलहरुले संविधान संसोधन प्रक्रियामा असमति जनाइरहेका वेला नयाँ शक्ति नेपालले संसोधन प्रक्रियालाई प्रक्रिया मिलाएर अघि वढाउन मन्जुर देखिएको छ ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन् ।
नयाँ शक्ति नेपालले बुधबार आयोजना गरेको संविधान संशोधनको गतिरोध र समाधानका विकल्प विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनले संविधान संशोधनको विकल्प नभएकाले त्यसमा सहमति गरेर अगाडि जानुपर्ने बताएका हुन ।
उनले भने,“संविधानको दिगो कार्यान्वयनका लागि संविधान संशोधन र त्यसपछि निर्वाचन आवश्यक छ । संविधान संशोधन र निर्वाचन एक अर्कासँग अभिभाज्य छन् । यी अलग विषय होइनन् ।” उनले यी दुईवटा विषयलाई अलग गरे परिस्थिति उल्टो दिशामा जाने जिकिर गरे।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण कार्यभार ‘राज्य पुनःसंरचना’ भएको बताउँदै डा भट्टराईले आदिवासी जनजाति, मधेसी–थारु र खस–आर्यको यथोचित स्थान हुनुपर्ने बताए ।
