
वीरगन्ज, १३ पुस । भारतको बरौनीबाट इन्धन बोकी नेपाल फर्किन लागेको ट्यांकर चालकमाथि गोली प्रहार गरी लुटपाट गरिएको छ । सीमावर्ती रक्सौल रमगठवाको बीचमा मंगलबार बिहान दुई जनाको समूहले ना.५ ख ८८४५ नम्बरको ट्यांकर चालकमाथि गोली प्रहार गरी लुटपाट गरेका हुन् ।
![xjfO{ OGwg;lxtsf] 6Øfªs/ lgolGqt j8f k|x/L sfof{no gf/fo0fu9n] ;f]daf/ /flt lgoGq0fdf lnPsf] sfnf]ahf/L u/L NofOPsf] xjfO{ OGwg;lxtsf] 6Øf+s/ . tl:a/ M gf/fo0f k|;fb clwsf/L, lrtjg, /f;;](http://indrenionline.com/wp-content/uploads/2016/12/1448351182995_NA-Chitwan-fuel-tanker-300x233.jpg)
त्यसपछि उनीहरूले चालकको बायाँ खुट्टामा गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरेको अमलेखगन्ज प्रहरीलाई उद्धृत गर्दै पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताए ।
