काठमाडौ १३ पुस । नेपालको मुख्य विषयमा भारतले निकै चासो देखाने गर्दछ । कतिपय विषयमा ठाडो हस्तक्षप समेत गर्ने गरेको पाइएको छ ।  यसैक्रममा नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको छ ।

untitled-1-copyनेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउन सक्ने भारतले आशंका व्यक्त गरेका छन् ।

नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएर भारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाल दूतावास र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जिज्ञासा राखेको परराष्ट्र स्रोतले जनाएको छ।

यही प्रसंगलाई जोडेर भारतीय अखबार टाइम्स अफ इन्डियाले मंगलबारको अंकमा राजदूत उपाध्यायसँगको भनाई राखेर समाचार प्रकाशित गरेपछि भारतीय चासो प्रष्ट रुपमा सार्वजनिक भएको हो ।

नेपालले भारतसँग् वर्षौँ अघिदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएकामा चीनसँग पनि त्यस्तै अभ्यास हुन लागेको अवस्थामा अनावश्यक प्रचार मात्र भएको नेपाली सेनाका अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार चिनियाँ पक्षले नेपाललाई दुई महिनापछि तालिम गर्न प्रस्ताव गरेको छ ।