तुलसीपुर १२ मंसिर । तुलसीपुरमा हाईसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको बा २ ख ७०२४ नंबरको पिक अप हायसले सोही दिशा बाट गुडिरहेको ना १ स ८२५८ नंबरको अटोरिक्सालाई ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर ६ हात्तीखौवाको आरोलोमा मंगलबार पाँच बजे तिर भएको दुर्घटनामा परी तुलसीपुर ६ मोतीपुरकी ४३ बर्षीय निमा दमाईको मृत्यु भएको हो । दुर्घटनामा परि अटो चालक तुलसीपुर ६ हात्तीखौवाका ३८ बर्षीय चन्द्रमान वली घाईते भएका छन । वलीलाई राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ ।
हाईस, अटोरिक्सा र हाईस चालक तुलसीपुर ४ मोतीपुरका लक्ष्मण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
