सिरहा, १२ पुस । सिराहमा कुस्ती प्रतियोगिताको आज उद्घाटन गरिएको छ । सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत १२ औं प्रतियोगिताको रुपमा उद्घाटन गरिएको हो । खेलमा पाँचै विकास क्षेत्र तथा दुई विभागीय टिम नेपाल प्रहरी र नेपाली सेनासहित सात वटा समूहको सहभागीता रहेको छ ।
उद्घाटन खेलमा ५७, ६१, ६५, ७० र ७४ केजी समूहका १५ जोडि कुस्ती प्रतियोगितामा भिडेका थिए । जसमध्ये ५७ केजी समूहबाट भुवन चन्द सुदूरपश्चिमाञ्चल, अशोक कुमार यादव पूर्वाञ्चल, भागवत शाह नेपाल प्रहरी विजयी भएका छन्।
६१ केजी समूहमा श्याम मिलन दुरा पश्चिमाञ्जल, अवरनाथ यादव पूर्वाञ्चल, जयमंगल यादव मध्यमाञ्चल विजयी भएका छन् । ६५ केजी समूहका सरोज यादव मध्यमाञ्चल, रामसेवक साहिर पश्चिमाञ्चल, सुरेश कुमार यादव पूर्वाञ्चल विजयी भएका छन् ।
त्यसैगरी, ७० केजी समूहका सन्तोष एसके सुदूरपश्चिमाञ्चल, राजेश यादव मध्यमाञ्चल, बैजनाथ यादव पश्चिमाञ्चल विजयी भएका छन् । ७४ केजी समूहमा भुवनेश्वर यादव पश्चिमाञ्चल, मृत्युमजन्य यादव पूर्वाञ्चल र नेपाल प्रहरीका मुकेश कुमार यादव विजयी भए ।
