काठमाडौं, १२ पुस । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारले संशोधन प्रस्ताव ल्याउनु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यसको विरोध गर्नु दुबै गलत भएको निश्कर्ष निकालेको छ ।
यही पुस ८ देखि १० गते सम्म बसेको केन्द्रीय समिति बैठकबाट यस्तो निश्कर्ष निकाल्दै आज निर्णय सार्वजनिक गरेको छ ।
यस्ता छन् बैठकका सात निर्णय
१. बैठकको सुरुमा महान् जनयुद्ध, जनआन्दोलन सहितका विभिन्न संघर्षहरुमा सहादत प्राप्तगर्ने अमर सहिदहरुप्रति एक मिनेट मौन धारण गरी भावपूर्णश्रद्धाञ्जली अर्पण गरियो ।
२. सवै राज्यहरुका संयोजक कमरेडहरुद्वारा राज्य तथा जिल्लाहरुका संगठन तथा संघर्षको स्थिति, पार्टीद्वारा लिइएका निर्णायहरुको कार्यान्वयन आदिवारे रिपोर्ट गरियो । साथै, केन्द्रीय कार्यालयद्वारा पनि समग्र पार्टी कामवारे रिपोर्ट गरियो ।
३. अध्यक्ष क. किरणद्वारा तात्कालिक राजनीतिक प्रस्तावका रुपमा राजनीतिक प्रतिवेदन र तीन महिने संगठन तथा जनपरिचालन अभियान संम्बन्धी प्रस्ताव समेत प्रस्तुत गरियो । आवश्यक छलफल तथा संशोधन सहित सर्वसंम्मत रुपमा ती दुवै प्रस्ताव पारित गरिए ।
४. सो राजनीतिक प्रस्तावमा सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी कोण र एमालेद्वारा गरिएको विरोध सामन्तवादी कोणमा आधारित भएकोले ती दुवैको विरोध गर्ने,पहिचान तथा सामथ्र्यका आधारमा राज्य पुनर्संरचना गरिने भनिएकोमा सो पनि नगरिएको स्थितिमा वसोवासको सघनता एवम् जातीय पहिचान सहितको स्वशासनमा आधारित सघीय स्वायत प्रदेशहरुको स्थापनामा जोडदिने , श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदायका बिचमा ऐक्यवबद्धता कायम गर्ने र वर्तमान पश्चगामी संविधान खारेजगरी संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि संघर्षलाई विकसित तुल्याउने नीति अवलम्वन गरिएको छ ।
५. संगठन निर्माण, विस्तार तथा सुदृढीकरण गर्ने र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यावारे जनतालाई जागरित तुल्याउने,वर्तमान पश्चगामी सविधानको खारेजी तथा संघीय जनगणतान्त्रिक संविधानको स्थापनाको पक्षमा जनाधार तयार पार्ने, भष्टाचार कालावजारीको विरोध गर्ने लगायतका विषयलाई लिई माघदेखि चैत्रसम्म तीन महिने अभियान संञ्चालन गर्ने ।
६ं. संगठन तथा संघर्षका कामहरुमा वढीजोड दिनुपर्ने भएको र तयारीका कतिपय काम पनि अझै पुरा नभइसकेकोले राष्ट्रिय संम्मेलनलाई केही पर सारिएको छ र यसको समय निर्धारण आगामी केसको वैठकमा गरिने छ ।
७. नयाँ ढंगको पार्टी निर्माण तथा ध्रुवीकरणमा विशेष जोडदिदै विभिन्न रुपमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध गदैजाने ठेगान भएको छ ।
