कोठेरी १२ पुस । दाङको डुरुवा ४ कोठरीमा माघि विशेष सांस्कृतिक महोत्सव मंगलबार देखी सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बिच महोत्सबको उदघाटन गरिएको हो ।
“स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सबको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले उदघाटन गरेका हुन् ।
महोत्सब उदघाटनशत्रमा मन्तब्य ब्यक्त गर्दै अध्यक्ष गौतमले संस्कृति जोगाउन महोत्सबले महत्वपुर्ण भुमिका निर्बाह गर्नुपर्ने बताए । साथै महोत्सब सञ्चालनका लागि तय गरिएको नारा कार्यान्वयन गरेर पनि देखाउनु पर्ने उनको भनाई थियो ।
पछिल्लो समय युवा पुस्तामा देखिएको लागु औषध दुब्र्यसनीलाई रोक्न महोत्सबले महत्वपुर्ण भुमिका रहनु पर्ने उनको भनाई थियो । उनलेभने‘सबैभन्दा ठुलो चुनौतिको रुपमा रहेको लागु औषध दुव्यर्सनका विरुद्धमा सचेतना फैलाउने महोत्सब आयोजन गरिएको छ, यसले ग्रामिण स्तरमा पनि लागु औषध विरुद्धको सचेतना अभिवृद्धि गर्ने छ ।’
उनले बिकासको सम्बाहकको रुपमा रहेका युवाहरु पछिल्लो समय लागु औषधका कुलतमा लाग्दा समस्या उत्पन्न भएको उनको भनाई थियो ।
थारु समुदायको महत्वपुर्ण पर्बको रुपमा रहेको माघीको अबशरमा सञ्चालन भएको महोत्सबले स्थानिय कला, संस्कृतिलाई संरक्षण गर्न तर्फ तत्पर रहनुपर्ने उनले बताए । साथै महोत्सबले कोठरी र समग्र डुरुवाको गाविसको पहिचानलाई प्रचारप्रसार गर्नमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने गौतमले बताए ।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय पूर्व उपाध्यक्ष विपुल पोख्रेलले ग्रामिण क्षेत्रमा आयोजना गरिएको महोत्सवले स्थायिन कला संस्कृति, भेषभुषा, प्राकृतिक सम्पदालाई उजागर गर्नमा ठुलो भुमिका खेल्ने बताए ।
उनले लागु औषध विरुद्धको सचेतना महोत्सवले अभिभावकहरुलाई सचेत पार्ने पनि पनि बताए । महोत्सव आयोजक मूल समितिका संयोजक यमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य एवं युवा संघका मध्यपश्चीम संयोजक मनोहर बुढाथोकी, नेपाली कांग्रेस त्रिपुरका सभापति दिपक पाण्डे, एमालेका डुरुवाका अध्यक्ष झुपलाल बुढाथोकी, नेकपा माओवादी केन्द्रका डुरुवा संयोजक शिवराज सुवेदी, नेकपा माओवादी केन्द्रका डुरुवा ईञ्चार्ज नवराज पुन, राष्ट्रिय जनमोर्चाका पिताम्वर शर्मा, नेपाल कम्युनिष्ट पार्टीका सस्मति चौधरी, ईन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जानका रेग्मी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । महोत्सवका सहसंयोजक सुनिल विसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रचारप्रसार संयोजक आर.के.शीतल र कार्यक्रम व्यवस्थापक रोहन पुनले गरेका थिए ।
महोत्सबमा ईन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्था, श्रृजनशील युवा क्लब लुहाडब्रा, गायक देवेन्द्र वस्नेत, गायक रोहन वली, गायक शंकर पुरुष, गेहेन्द्र चौधरी, निशा मगर लगायतले आफ्ने प्रस्तुति राखेका थिए । महोत्सव उद्घाटन पूर्व शोभायात्रा निकालिएको थियो ।
महोत्सवमा मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, निर्माण, महोत्सव स्थल तारवार, मञ्च निर्माण, गेट निर्माण लगायतको व्यवस्था रहेको छ । नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघरा, डुरुवा गाविसको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा नेपाली चलचीत्र एवं सांगीतीक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ ।
जसमा नेपाली चलचीत्रकी चर्चीत एवं लोकप्रीय नायीका रेखा थापा, लोकदोहारी क्षेत्रका लोकप्रीय गायक पशुपति शर्मा, चर्चीत लोकदोहारी गायकहरु खुमन अधिकारी, खुमन अधिकारी, गायक दुर्गेश थापा, तीलक वली, हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम रहेको महोत्सवका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिए ।