13239904_1140848209280061_8398051977536342482_nइन्द्रेणी संवाददाता
जाजरकोट ११ जेठ गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र र बाहिरबाट संविधान कार्यान्वयन हुन नदिन ठूलो चलखेल भैरहेको बताउनु भएको छ । आज जाजरकोट पुग्नु भएका मन्त्री बस्नेतले चलखेललाई परास्त गरी सहज रुपमा संविधान कार्यान्वयन गर्न राष्ट्रिय सरकारको आवश्यता रहेको बताउनु भएको छ ।

संविधान निर्माण प्रक्रियामा सहभागी भएका पार्टीहरु एकै ठाउँमा बसेर सरकार बनाउँदा उपयुक्त हुने बताउनु भयो । शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारी नागरिकको मौलिक आवश्यकता भएको भन्दै राज्यले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार परिवर्तन भन्दा राष्ट्रिय सरकार गठन गरेर जाँदा संविधान कार्यान्वयनमा सहज हुने बताउनु भयो ।।