देउखुरी, ११ जेठ
मंगलबार दिउँसो चलेको हावाहुरीले देउखुरीको गढवामा रहेको जनता उच्च माध्यमिक विद्यालयको टिनको छानो उडाएको छ । हावाहुरीले विद्यलायको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।
हावाहुरीले विद्यालयको अंग्रेजी माध्यम ब्लकको भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो ।
चारकोठे भवनको टिन उडाउँदा जनता उमावि गढवाका अंग्रेजी माध्यममा कक्षा ७, ८,९ र १० कक्षामा पढ्ने विद्यार्थी प्रभावित भएको विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार जनता उमाविसँंगै देउखुरीका विभिन्न विद्यालयमा क्षति पुगेको छ । विद्यार्थीलाई अस्थायी यसैविच, वर्षा भएमा उत्तः विद्यालयमा पठनपाठन थप प्रभावित हुने देखिएको छ ।।
