इन्द्रेणी संवाददाता
दाङ, १२ पुस । दाङको डुरुवा–४ कोठरीमा आजदेखि माघी विशेष संस्कृतिक महोत्सव शुरु भएको छ । महोत्सवको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै गौतमले डुरुवा दाङकै एतिहासिक महत्व वोकेको ठाउँ भएको चर्चा गर्दै महोत्सवको सफलताका शुभकामना दिए ।

dscn0934‘स्वस्थ गाँउ स्वस्थ शहर, लागुऔषध नियन्त्रण गर्ने हाम्रो रहर’ भन्ने मूल नाराका साथ नवजागरण नेपाल दाङले आयोजना गरेको महोत्सवमा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले युवाहरुले लागुऔषध दुर्वेशनीबाट जोगाउन आयोजना गरेको महोत्सव प्रशंसनिय भएको भन्दै यसमा साथ दिन सबै स्थानीयलाई अनुरोध गरे ।

कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्ना सांगितिक प्रस्तुतीहरु राखेका थिए भने विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुले शुधकामना दिएका थिए ।

dscn0952महोत्सव पुस १७ गतेसम्म चल्ने छ भने सो अवधिमार विभिन्न केन्द्रीय तथा स्थानीय कलाकारहरुले आफ्ना प्रस्तुती राख्ने आयोजकले बताएको छ । कार्यक्रममा नवजागरण नेपाल दाङका अध्यक्ष यमबहादुर पुनको अध्यक्षतामा भएको थियो ।