गोविन्द खड्का
तपाईलाई बेर्ना चाहियो ? दामोदर चोक जानुस् । त्यहाँ सिजन अनुसारका तरकारी र सागपातका वेर्ना पाईन्छ । ताजा तरकारी फलफुल आवश्यक भयो, तुलसीपुर चोक जानुस रोजीविनी हुन्छ ।
यसरी घोराही बजारका मुख्य चोकहरु व्यापारीक केन्द्र भएका छन् । मानौ तिनको नामै बदले फरक पर्दैन । व्यवस्थित र सुन्दर शहरको पहिचान दिने चोकहरु परिचयनै गुमाउने खतरामा पुगेका छन् । तिनलाई व्यक्तिको चाहना अनुसार उपयोग गर्न मिलेकोछ । जहा कानुनले रोक्दैन ।
हरेक विहान तुलसीपुर चोकमा लाग्ने तरकारी हाट बजारले यातायात अबरुद्ध गरेको हुन्छ । जिल्ला ट्राफिक कार्यालयले रोड लाईन हानेको छ । दिउसो कुनै बेला गाडि बाट तर्साउदै टाफिक हिड्छ । बिहानको समयमा भने त्यहा रोक तोक गर्ने निकाएनै हुदैन । बिटमा रहेको जनपथ प्रहरीले आफ्नो काम ठान्दैन । त्यसैले त्रिपाल, सल, थैला ओच्याएर सामान फिजाउछन् । आफु पसारीएर बस्छन् । मानौ त्यो उनिहरुको विर्ता हो । पिच गरीएको सडक उनिहरु आफैले बनाएका हुन् ।
करोडौका मालिकले मुला भाजि खाने लोभमा आफ्नै बदनाम गरेको उनिहरुको स्थानियले टिप्पनी गरेकाछन् । आफ्नो घर अगाडि सामान राख्न दिए वापत घरवालाले कर स्वरुप सागपात उठाएने गरेको स्थानियले बताए । ‘लाभ नदिने भए घर अघि कसले पसल थाप्न दिन्छ ?’ स्थानिय पुर्ण अधिकारीले भन्नुभयो, ‘त्यत्रो लगानि गरेको आफ्नो क्षेत्र कुरुप बनाउनु भुल हो ।’ घोराही क्षेत्रमा सबै भन्दा चौडा सडक न्युरोडमा छ । नमुना न्युरोड बनाउने अभियान पनि थालिएको थियो । व्यवस्थित ग्रिन्बेल्ट पनि त्यही छ । जो मोवाईल कम्पनीले उपयोग गर्छ । सबै भन्दा फोहर र पछि परेको क्षेत्रका रुपमा न्युरोडको परिचय वन्दै गएको छ । ‘अमुल्य सम्पतीको अबमुल्यन आफै बाट गराएका छन्’ टोलविकास संस्थाका सल्लाहकार भुपाल गिरीले भन्नुभयो, ‘सफा, सुन्दर हरा भरा बनाउने क्षेत्रमा समाजका अगुवाको पनि ध्यान छैन ।’
पसल अगाडि बसेर सुन्तला खाने र दिसाका पित्का जस्तै बोक्रा फाल्ने धेरैका सटर अगाडि देखिन्छ । प्लाष्टिकका थुप्राहरु दिउसो छिप्पीदै जादा थपिदै गर्छन् । ‘अरुले चिन्ता लिने हामिले मुन्टो निहुराउने अबस्था आयो’ दाङ उद्योग वाणिजय संघका सचिव एवं स्थानिय सुशिल प्रकाश आचार्यले भन्नुभयो, ‘टोल सकृय नहुनाले पनि समस्या आएको छ ।’
केहि घर मालिकका स्वार्थले सिंगै टोलको वदनाम भएको टोलवासीको भनाई छ । ति सानो चित्तका घटिया सम्पन्नहरु संग डटेरै अगाडि बढ्ने टोलविकास संस्थाले जनाएको छ । अब बस्ने बैठकले निर्णय गर्ने बताए । यसो त बसपार्क भन्दा गए गुजे्रेको न्युरोड हुनु लाज मर्दो कुरा भएको वडा नागरीक मञ्च का संयोजक एवं घोराही बसपार्क टोलका संयोजक शक्तिराम डागिले बताए । घोरही दशका सरसफाई संयोजक समेत रहेका डागिका अनुसार सुन्तला किनेर खाने बोक्रा स्याहार्न नसक्ने अबुझहरुले बजारको मुटुमा घर बनाउनु र व्यवसाय गर्नु दुर्भाग्य भएको उनको भनाई छ ।
केहि बर्षअघि घोराही नगरपालिका डोजर र टिप्पर लिएर बजार पस्यो । भयाङ, फुटपाथ र ठेलाहरुलाई ठेगान लगायो । हरेक अभियान छेड्ने र विरोध थेग्न नसकेर भाग्ने नियतिमा नगरपालिका फसेको बताईन्छ । अहिले फलफुल, माछा सबै चिज उपलब्ध हुने क्षेत्र तुलसीपुर चोक बनेको छ । विभिन्न बेर्नाहरु पाईने ठाउ पिपल बुटा हो । तरकारीहरु किन्न मिल्ने क्षेत्र नेपाल बैक अगाडि छ । यसरी बजारै भरीका चोकहरु केहि न केहि अघोषित हाट बजारले वगटेको छ ।
नागरीकलाई चिन्ता छ निकाएहरु मौन देखिन्छन् । ‘हामिले पनि फिल गरेका छौ’ घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले भन्नुभयो, ‘पुराना ठेगानमा लायो नया आएर उलंघन गर्छ ।’ उहाका अनुसार राति दुई तिन बजे देखिनै सडक कब्जा गर्ने फुटपाथका व्यपारी, त्यस बाट लाभ लिएर आफ्नो घर आगनमा पसल थाप्न लगाउने घरमालिक सबै दोषि छन् । सार्वजनिक स्थलमा टोल विकास संस्थाहरुले पनि ध्यान पुयाउन सकेका छैनन् ।
