कुशुम वि.क.
पौष १२ गते । कैलालीमा भएको गौ हत्या को विरोधमा आयोजनामा गरिएको मध्यपश्चिम बन्दका कारण बर्र्दियाको जनजिवन सामान्य प्रभावित बनेको छ । बन्दले गर्दा विद्यालय , कलकारखाना , वजार तथा यातायातका साधन चलेका छैनन भने वजारमा मानिसहरुको चहल पहल पनि पनि निकै कम रहेको छ । बन्दका कारण बर्दियाबाट छुटने लामो तथा छोटो दुरीका सार्वजनिक गाडिहरु चलेका छैनन भने वजार पनि सामान्य रुपमा मात्र खुलेको छ ।

gauhatyaकैलालीको सदरमुकाम धनगढि देखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको गोदावरी गाविसमा सयौ गाइ गोरुहरु मरेको अवस्थामा भेटिएपछि विभिन्न हिन्दुवादि सघ सगठन हरुले आज मध्यपश्चिम क्ष्ँेत्र बन्दको आव्हान गरेका थिए ।
के हो गौ हत्या प्रकरण

कैलालीको सदरमुकाम धनगढि देखि करिब २२ किलोमिटर उत्तर तर्फ रहेको गोदावरी गाविसमा सयौ गाइ गोरु मरेको अवस्थामा भेटिए पछि यो घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्ष अर्जुन चन्द ठकुरीका अनुसार सार्वजनिक रुपमा छोडिएका गाइवस्तुलाइ कन्चनपुरको बेदकोट नगरपालिकाले नियन्त्रणमा लियर जगलमा छोडने गरेको बताउदै त्यहि अनुसार कैलालीको गोदावरीमा छोडेको, जगलमा रहदा चिसोका कारण ति गाइ गोरु मरेको बताउनु भयो ।

गाइ गोरुलाइ कसैले मारेको जस्तो देखिएन उहाले टेलिफोनमा सो जानकारी दिनु भयो । साथै उहाले कन्चनपुरको बेदकोट नगरपालिका नगरमा रहेका छाडा चौपायहरुलाइ नियन्त्रणमा लियर जगलमा छोडने गरेको बताउनु भयो । प्राय जसो त्यसरी ल्याइएका गाइगोरुलाइ कैलालीको सहजपुरमा छोडिने गरिएतापनि यस पटक गोदावरीमा छोडिएको बताउनु भयो ।

साथै कन्चनपुर बाट गाइ गोरुलाइ लोड गरेर ल्याएका ४ वटा ट्रक र चालकलाइ पक्राउ गरीएको बताउनु भयो । यसरी पक्राउ पर्ने हरुमा ना ४ ख ८३३८ नम्वरका ट्रक चालक कमल प्रसाद पान्डे , ना ४ ख ३०२६ का पदम चन्द , ना ३ ख ८४३५ का सन्तोष कुवर र ना ६ ख ७६१८ भिमदत्त वैज लाइ ट्रक सहित नियन्त्रणमा लियर अनुसन्धान भैरहेको बताउनु भयो ।

स्थानिय वासीहरुका अनुसार गाइलाइ मारिएको भन्दै आक्रोस वढदै गएपछि त्यस क्षेत्रमा थप सुरक्षाकर्मि परिचालन गरीएको छ । यो घटनालाइ लियर धर्म सग जोडनुको कुनै अर्थ नरहेको वुद्धिजिविहरुको भनाइ रहेको छ । अनुसन्धान भैरहेको हुदा अहिले नै आत्तिहाल्ने अवस्था नरहेको बताइएको छ ।