sherpaसंभवत शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको वैठकमा पूर्व मन्त्री तथा सांसद कृपाशुर शेर्पा पहिलो पटक सहभागि भए । शेर्पा प्रदेश, पहिचान विरोधी जस्ता संगिन आरोपहरु खेपेका शेर्पाले वैठकमा ‘आफू शेर्पा प्रदेश विरुद्ध नलागेको’ प्रष्टिकरण दिए । ‘म शेर्पा प्रदेश विरोधी हुँइन, शेर्पाहरुको हकाधिकारको लागि सायद मैले जति अरुले संघर्ष गरेनन् होला ।’ सांसद समेत रहेका शेर्पाले भने ‘तत्कालिन अवस्थामा जे जति आरोपहरु लगाए ती सवै मित्थ्या हुन ।’ वैठकमा पूर्व मन्त्री शेर्पाले अधिकार प्राप्तिको लागि आन्दोलनको विकल्प नभएकाले सवै एकिकृत भएर लाग्न आह्वान समेत गरे ।  सहभागि युवाहरुले वैठकमै सांसद शेर्पामाथि उनीहरुकै शैलीमा सवालजवाफ समेत गरे ।

एउटै बोली एउटै लोली
वैठकमा सहभागि सबैले पहिचानसहितको शेर्पा प्रदेश र सिमांकन मिलाउन आन्दोलनको विकल्प नभएकोमा जोड दिए । वैठकमा वहालवाला सांसददेखि पूर्व सांसद, शेर्पा समुदायका अग्रज संस्थाका प्रतिनिधीहरु सहभागि थिए । आन्दोलनलाई उचाईमा पुर्याउन सवै एक भएर अघि बढ्न समेत सहभागिहरुले आह्वान गरे । वैठकमा सांसद ओङदी शेर्पा, पूर्वसभासद लक्की शेर्पा, आङदावा शेर्पा लगायतले आफ्नो धारण राखे ।