ghumti-baithakप्रेम बिवश घर्ती , तुलसीपुर १२ पुस ।  बयाले स्रोत केन्द्रको नियमित घुम्ती बैठक सोमबार मदरसा प्रावि बाघमारे २ अमुवामा भएको छ । मदरसा प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वासुदेव न्यौपानेको अध्यक्षता तथा बयाले स्रोत केन्द्रका स्रोत व्यक्ति कविराज डाँगीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकमा प्रमुख अतिथि डाँगीले छात्रवृती , लेखा परिक्षण र अतिरिक्त क्रियाकलापको लागी प्रत्येक विद्यालयको रकम निकाशा भएको जानकारी दिए ।
उनले माध्यामिक तहमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरुस्कृत गर्ने र न्युनतम नतिजा ल्याउने विद्यालयलाई शैक्षिक स्तर वृद्धि गर्न जिल्ला शिक्षा कार्यालय मार्फत १ लाख बराबरको रकम सहयोग गर्ने बताए ।

उक्त रकमले एक बर्ष भित्रमा विद्यालयको शैक्षिक स्तर वृद्धि नभएमा फिर्ता लिईने उनले जानकारी दिए ।

त्यस्तै सिर्जनशिल आधारभुत विद्यालय पवन नगर छोटेका प्रधानाध्यापक तथा अखिल नेपाल शिक्षक संगठन केन्द्रिय सदस्य एव्म राष्ट्रिय व्युरो ईञ्चार्ज नारायण प्रसाद भण्डारीले वालविकासका कक्षाहरु अनियमित भएकाले हरेक बालविकाश कक्षा संचालन भए नभएको निरिक्षण तथा अनुगमन गर्ने , वालविकाशका कक्षाहरुमा न्युनतम १५ जना विद्यार्थी हुनु पर्ने बताए ।

बैठकमा मदरसा प्राविका प्रधानाध्यापक अब्दुल गफार मियाले विद्यालयको आर्थिक तथा भौतीक विवरण बारे जानकारी गराएका थिए । मियाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालय व्यवस्थापन समितिका सदस्य विजय डाँगीले गरेका थिए ।