घोराही १२ पुस । दाङको डुरुवा ४ कोठरीमा आज मंगलवार देखी माघि सांस्कृतिक महोत्सव हुदै छ । आज देखी १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवको तयारी पुरा भएको आयोजकले जानकरी दिएको छ ।
“स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवकालागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।
मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, निर्माण, महोत्सव स्थल वरपर तारवार, मञ्च निर्माण, गेट निर्माण लगायतका काम पुरा भएको आयोजक मूल समितिका संयोजक यम बहादुर पुनले जानकारी दिए ।
नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघराको सहआयोजनामा हुन लागेको महोत्सबको आज भव्य कार्यक्रमका बिच उद्घाटन गरिने भएको छ । विहान ११ बजेदेखी महोत्सव उद्घाटन समारोह सुरु हुने कार्यक्रम सहसंयोजक सुनिल बिसीले जानकारी दिए ।
महोत्सवमा नेपाली चलचित्र एबं संगीतिक क्षेत्र र हास्य कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाली चलचित्रकी चर्चित नायीका रेखा थापा, लोकदोहारी गायक पशुपति शर्मा, खुमन अधिकारी, मोडल दुर्गेश थापा, गायक तिलक वली, हास्यकलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम रहेको महोत्सवका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिए ।
