तुलसीपुर १२ पुस । दाङको तुलसीपुरबाट लुटपाट भएको रकम ३० लाख भारु रहेको प्रहरीले पुष्टि गरेको छ । दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले दुुइ महिनाअघि तुलसीपुरवाट लुटिएको रकम ३० लाख भारु भएको जानकारी दिए ।
यसअघि बुटवल बस्त्रालयका प्रोप्राईट राजकुमार श्रेष्ठले १० लाख भारु लुटपाट भएको जानकारी दिएका थिए । उनले लुटपाट भएको रकम थोरै उल्लेख गर्नुको पछाडिको कारण गैरकानुनी रुपमा अवैध रकम राख्दा कारवाहीमा पर्ने त्रास हुन सक्ने अनुमान गरिएको छ ।
सोमवार ईलाका प्रहरी कार्यालय तुलसीपुरवाट जारी प्रेस विज्ञप्तिमा पनि लुटिएको रकम ३० लाख भारु भन्ने नै छ । ईप्रका तुलसीपुरका प्रमुख लोकनाथ तिम्सिनाले ३० लाख भारु अर्थात ४८ हजार नेपाली रुँपैया लुटपाट भएको जानकारी दिए । गत कार्तिक १० गते विहान साढे ४ बजेतिर तुलसीपुर ५ बसपार्कवाट बुटवल बस्त्रालयका एकजना कर्मचारी दुर्गा लामिछानेको साथवाट उक्त रकम लुटपाट भएको थियो । लामिछाने तुलसीपुर १४ चैलाही निवासी हुन ।
लामिछानेवाट रकम लुटपाटको अभियोगमा प्रहरीले सोही ठाउँ निवासी ३२ बर्षीय लिलाधर खड्का, तुलसीपुर २० निवासी ३७ बर्षीय हस्तवीर चौधरीलाई पक्राउ गरेर जिल्ला कारागार घोराहीमा राखिएको डिएसपी तिम्सिनाले जानकारी दिए । डिएसपी तिम्सिनाका अनुसार तुलसीपुर १९ कटाँहा निवासी ३४ बर्षीय खुमबहादुर केसी , सल्यान सिनवाङ घर भइ हाल तुलसीपुर ११ अश्वारा बस्दै आएका २७ बर्षीय भपेन्द्र भण्डारी र तुलसीपुर ६ निवासी ३० बर्षीय गजराज वालान फरार रहेका छन् । फरारहरुको खोजि तीव्र पारिएको र उनीहरु कुनैपनि हालतमा उम्कन नपाउने डिएसपी तिम्सिनाले बताए ।
संगठित अपराध सम्मवन्धि मुद्दा दर्ता
प्रहरीले पक्राउ परेका र फरार अभियुक्तहरुलाई संगठित अपराध ऐन २०७० अनुसार मुद्दा चलाइएको जानकारी दिएको छ । अभियुक्तहरुको आरोप प्रमाणित भएमा उनीहरुलाई हिरासतमा राख्ने, सम्पति रोक्का गरिने, बैंकिङ खाता रोक्का गरिने, राहदानी रोक्का गरिने, सञ्चार माध्यम निस्कृय गरिने र अन्य थप अभियोगपनि लगाउने सकिने ईप्रका तुलसीपुरका प्रमुख तिम्सिनाले जारी गरेको प्रेस बक्तव्यमा उल्लेख छ ।
हुने सजाय
आरोपितहरुलाई अभियोग प्रमाणित भएमा प्रचलित कानुन बमोजिम हुने सजायको अतिरिक्त थप ५० प्रतिशत सजाय हुने छ । यसको मतलव ४८ लाख नेपाली रुँपैयाको दोब्वर ९६ लाख विगो असुल उपर गरिने छ । त्यसका लागि पक्राउ परेकाहरुलाई दुई महिना सम्म हिरासतमा राखेर अुनसन्धान गर्न सकिने व्यवस्था रहेको डिएसपी तिम्सिनाले जानकारी दिएका छन् । तर जन्म कैद वा सो भन्दा बढी सजाय हुने कसुरदारलाई थप सजाय हुने छैन ।
बरामद गरिएको बस्तुहरु
प्रहरीका अनुसार अभियुक्तहरुको घरमा छापा हान्दा नौं लाख ३७ हाजरको विभिन्न बैंकका चेकहरु बरामद गरिएको छ । त्यस्तै खालि चेक एक थान पनि बरामद भएको छ । त्यसैगरी अभियुक्तहरुको नाममा रहेको एउटा ट्रेक्टर, एउटा स्कुटर, एउटा जेसिबी बरामद गरिएको डिएसपी तिम्सिनाले जारी गरेको प्रेस बक्तव्यमा उल्लेख छ ।