15697494_1302802749793849_8534201934728791899_nभरत राज शर्मा , तुलसीपुर १२ पुस ।  किशोर अवस्थामा हुने महिनावारीका वारेमा डाक्टरसंग स्कुले किश्वरीहरुले खुलेरै जिज्ञासा राखेका छन । कार्यक्रममा सहभागि किश्वरीहरुले महिनावारीको मितिमा हुने तलमाथि , पेट दुख्नुको कारण , अति रक्तश्रावका वारेमा डाक्टरसंग जिज्ञासा राखेका थिए ।

दिगो परिवर्तन नेपालको आयोजनामा भएको महिनावारी भ्रम ,वास्तविकता र वचाउ विषयक तुलसीपुरमा सोमवरा भएको छलफलमा सहभागि विभिन्न विद्यालयका किश्वरीहरुले सोमवार डाक्टर किशोर खत्रीसंग खुलेरै जिज्ञासा राखेका हुन । महिनावारी किन हुन्छ , महिनावारीको समयमा अपनाउनुपर्ने सावधानी र समाधानका उपायका वारेमा वालरोग विशषज्ञ डाक्टर खत्रीसंग स्कुले छात्राहरुले सार्वजनिक कार्यक्रममै खुलेरै छलफल गरेका थिए ।

किशोरा अवस्था अर्थात १२ देखि १५वर्षको बीचमा प्रत्येक किश्वरीहरुलाई मासिकस्राव हुने र ४५देखि ५५वर्षमा वन्द हुने प्राकृतिक र जैविक गुण भएको डा. खत्रीले स्पष्ट पारेका थिए । उनले यो जैविक प्रकृयालाई विभिन्न वाहनामा कू–व्याख्या र कू तर्क गरिनु गलत भएको बताए ।

किशोरा अवस्थामा पुगेपछि महिलामा हुने स्वाभाविक प्रकृयालाई कु–पर्थामा वदल्नु गलत हुने डा. खत्रीले स्पष्ट पारे । छलफलमा सहभागि स्कूले किशोरीहरुलाई  महिनावारी भएको समयमा कितवा छुनुहुन्न पाप लाग्छ भन्ने गतल तर्कका पछि नलाग्न आग्रह गरे । यस्तो सोच पालेर बसेमा पढाई बर्वाद हुने र त्यसले भविस्यमा क्षति पुर्याउने बताए ।

उनले व्यक्तिगत सरसफाईमा ध्यान दिन, पोसिलो आहार खान र गरुङगो काम नगर्न भने आग्रह गरेका थिए ।

कु–तर्कले रजशोला हुने महिला वा किशोरीहरुमा श्वाथ्य जोखिम बढाउने मानविय क्षति समेत बढेकोले गतल व्याख्या र कूतर्कका विरुद्धमा सबै लाग्नु पर्ने डा. खत्रीले बताए । उनले अहिलेको  २१औं शताव्दीका किश्वरीहरुले त्यस्ता विचारहरुको खुलेरै प्रतिवाद गर्न सल्लाह समेत दिएका थिए । कार्यक्रममा दिगो परिवर्तन नेपालका अध्यक्ष सनत आचार्यले प्राकृतिक रुपमा हुने  मानवीय प्रकृयालाई रुढीवादी संस्कारका रुपमा गलत अर्थयाउँदा सामाजिक र मानसिक समस्या उत्पन्न हुने बताए ।

स्वाभाविक प्रकृयालाई रुढी वादी संस्कारको रुपमा गलत अर्थ लगाउँदा कतिपय  किश्वरीहरु विद्यालय छोडन वाध्य वनेको,कतिको छाउ पडि बसेकै समयमा मृत्यु भएको काहाली लाग्दो अवस्था  नेपालमा रहेकोले अब त्यसेको अन्त्यका लागि आवाज उठाउन जरुरी रहेको उनले बताएका थिए ।
उनले हरेक दिनमा नेपालमा २ लाख ९० हजार महिलाको मासिकस्राव हुने र त्यो मध्य ८२ प्रतिशत महिलाहरु रुढीवादी संस्कारका कारण जोखिम अवस्थामा रहेको तथ्याङक प्रस्तुत गरिएको थियो । दिगो परिवर्तन नेपालका अध्यक्ष सनत आचार्यको अध्यक्षता एवं वालरोग विशषज्ञ डाक्टर किशोर खत्रीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा डाक्टर दिलिप धिताल, राष्ट्रिय समाचार समिति राप्तीकी कार्यालय प्रमुख नारायणी रजौरे,संस्थाका सदस्य शुनिल पोख्रेल लगाएतले प्रत्यक विद्यालयहरुमा मासिकस्राव भएका किश्वरीहरुका लागि एउटा चेन्जिङ कोठाका साथै सेनेटरी प्याडको व्यवस्था गर्न विद्यालयलाई आग्रह गरेका थिए ।  उनीहरुले किश्वरीहरुलाई आफनो समस्या खुलेरै मिस मेडम , शिक्षक तथा अभिभावकलाई राख्नपनि अनुरोध पनि गरेका थिए । कार्यक्रममा अवसरमा तुलसीआवासिय वोडिङ स्कुल तुलसीपुर, राप्ती वाल एकाडेमी र त्रिदेव सेकेण्डरी स्कुलका कक्षा ९ र १० का छात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दिगो परिवर्तन नेपालका महासचिव किश्वर भण्डारीले गरेका थिए ।