maot-setung

घोराही  १२ पुस ।  कम्युनिष्ट आन्दोलनका संस्थापक माओ सेत्तुङको १२३ आंै जन्म जयन्ती मनाइएको छ । नेकपा माओवादी केन्द्र दाङको आयोजनामा घोराहीमा जयन्ती मनाइएको हो ।

जयन्तीका अवसरमा नेपाली क्रान्तिकारी कम्यूनिष्ट आन्दोलनको वर्तमान अवस्था र माओवाद विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

जिल्ला ईञ्चार्ज जीवन गौतमको अध्यक्षता एंव नेता तथा पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि विष्टले वैचारिक ध्रुविकारणका कारण कम्यूनिष्ट आन्दोलन तुहिदै गएको चिन्ता जाहेर गरेका थिए । उनले भने ‘वैचारिक विभाजनले कम्यूनिष्ट आन्दोलनको सिर्जनशिलता हराउदै गएको छ  र माओवादी घटकहरु एकता वद्ध हुन जरुरी छ ।’

नेता मगरले  विप्लव ,वैद्य र वावुराम जीहरु शक्ति विभाजनले नेपालको कम्यूनिष्ट आन्दोलन र हिजोको युद्धको ऐतिहासलाई मेटाउन उद्यत रहेको आरोप लगाएका थिए ।  उनले विभाजन भएर अलग पार्टी खोल्नेहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलनका लागि ठूलो भूल गरेको टिप्पनी गरे ।

 नेता मगरले बिभाजनले कम्युनिष्ट आन्दोलनलाई शक्ति केन्द्रित भन्दापनि विच्छेदनमा परिणत गर्दै लैजाने खतरा रहेकोले मिल्नुको विकल्प नरहेको बताए ।
हिजोका गल्तीहरुलाई सवैले आत्मआलोचना गर्दै कम्युनिष्ट घटकहरु एकै थलोमा उभिन जरुरी रहेको नेता विष्टको धारणा थियो ।  गल्तिलाई सच्याउने नाममा गद्दारी र लम्पसारवादलाई भने अगिकार गर्न नहुने उनले बताएका थिए  ।

कार्यक्रममा नेकपा माओवादीका विप्लव निकटका खुम्वु चन्दले माओवादी घटकहरुकोे विगतका पिडा एउटै भएपनि भविष्यको जोखिमलाई माओवादीहरुले साझा थलोका रुपमा अघि वढाई लैजानु पर्नेमा जोड दिएका थिए । कार्यदिशा फरक भएपनि उदेश्य एउटै रहेको उनले बताए ।

 उनले भने ‘दश वर्षे जनयुद्धले संस्थागत गरेका कार्यभार अझै वाँकी रहेकाले त्यसको निरन्तरताका लागि विप्लव माओवादी नयाँ कार्यदिशा सहित जनता माझ नयाँ स्वरुपमा देखा परेको हो।’ कार्यक्रममा नारायण प्रसाद शर्मा , छलफल चौतारीका संयोजक सुशील गौतम,वुद्धिजिवी अरुण सुवेदी,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसी , मालेका नेत्र प्रकाश पाण्डे र कम्युनिष्ट पार्टीकी तुलसा केसी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रका जिल्ला सह–संयोजक निर्मल आचार्यको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण सुवास पुनले गरेका थिए ।