जुम्ला, ११ पुस । जुम्लाको गर्ज्याङकोट गाविस–८ ढाडखर्कको जङ्गलमा ठूलो परिमाणमा सेनाका आधुनिक हतियार भेटिएका छन् । थामवाडामा बस्दै आएका २४ वर्षीय बेदनराज थापाले लुकाएको अवस्थामा दुई थान एसएलआर राइफलसहित आधुनिक हतियार प्रहरीले बरामद गरेको हो ।

indrenionline

प्रहरीले वरामद गरेको एसएलआर

गर्ज्याङकोट-८ ढाडखर्क स्थित जंगलको विभिन्न स्थानमा लुकाएको अवस्थामा एसएलआर दुई थान, त्यसको गोली २७ थान र म्याग्जिन दुई थान प्रहरीले बरामद गरेको हो छ ।

जुम्ला प्रहरीको टोलीले अटोमेटिक पेस्तोल दुई थान, रिवल्भर दुई थान, त्यसको गोली पाँच थान, कटुवा पेस्तोल दुई थान, केप र फ्युजसहितको डेटोनेटर ७ थान बरामद गरेको हो । गत मंसिर ११ गते चन्दननाथ मन्दिरका मूर्तिहरु चोरी भएको घटनाको छानबिन गर्दै गर्दा हतियार फेला पारिएको प्रहरीले बताएको छ ।