इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । संविधान कार्यान्वयनको समयमा दलहरुबीच देखिएको ध्रुवीकरणप्रति नागरिक समाज दाङले चिन्ता व्यक्त गरेको छ । समाजको आज वसको बैठकपछि समाजका संयोजक टीकाराम रेग्मीले विज्ञप्ति जारी गरी मुलुकलाई अघि वढाउने समयमा देखिएको ध्रुवीकरणप्रति गहिरो चिन्ता एवं चासो व्यक्त गरिएको छ ।

‘लामो एवं बलिदानीपूर्ण संघर्षपछि संविधानसभाबाट नयाँ संविधान निर्माण भई कार्यान्वयनको चरणमा मुलुक अघि बढिरहेको अवस्थामा विगतको आन्दोलनमा संलग्न रहेका दलहरुबीचमै बेमेल र धु्रवीकरणको स्थिती देखिएकोप्रति नागरिक समाज दाङ गहिरो चिन्ता एवं चासो प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ

संविधान कार्यान्वयन र मुलुकको स्वतन्त्रता स्वाधिनतालाई अक्षुत राख्न एकबद्ध भएर अघि बढ्न र आपसी समझदारी गरी वर्तमान राजनीतिक अन्त्य गर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।