इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । हिन्दु जागरण नेपाललगायत विभिन्न हिन्दुसँग सम्बन्धीत संगठनहरुले कैलालीमा भएको गौ हत्याको विरोधमा भोलि मध्यपश्चि बनदको आह्वान गरेका छन् ।
कैलालीमा १२० वटा गाईगोरु मारेको बिरोधमा भोलि दाङसहित मध्यपश्चिमका १५ जिल्ला बन्दको आह्वान गरिएको हो । कैलालीको धार्मिक स्थल गोदावरी वनमा १२० वटा गाईगोरु मृत अवस्थामा फेला परेक थिए ।
हिन्दु जागरण नेपाल दाङ, ब्रामहण समाज दाङ, कौशधन विरादरी सेवा समाज, हिन्दु जागरण महिला संघ, हिन्दु जागरण बिद्यार्थी संगठन, पाण्डबेश्व मन्दिर धारपानी, अम्बिकेश्वरी मन्दिर अम्बापुरलगायत विभिन्न १२ धार्मिक संस्थाहरुले आज सयुक्त विज्ञप्ति जारी गरी बन्दको आह्वान गरेका हुन् ।
