दाङ, ११ पुस । दाङको डुरुवा ४ कोठरीमा भोलिदेखि लाग्ने माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । १७ गतेसम्म लाग्ने उक्त महोत्सवको सबै तयारी पूरा भएको आयोजकले बताएको छ ।
“स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, निर्माण, महोत्सव स्थल तारवार, मञ्च निर्माण, गेट निर्माण लगायतका काम सम्पन्न भएको आयोजक मूल समितिका संयोजक यामबहादुर पुनले जानकारी दिनुभयो ।
नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघराको सहआयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको भोली मंगलवार एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरिने छ । विहान ११ बजेदेखि महोत्सव उद्घाटन समारोह सुरु हुने कार्यक्रम सहसंयोजक सुनिल विसीले जानकारी दिएका छन् ।
