fnj-nepal-5821db6a9c9c80-42657857तुलसीपुर ११ पुस ।  नेपाल पत्रकार महासंघ दाङले साधारण सदस्यताहरुलाई सदस्यता नविकरण गर्न आग्रह गरेको छ ।

महासंघका अध्यक्ष सुदिप गौतमले सोमबार एक प्रेस बिज्ञप्ती जारी गरी पुस १५ गते सम्म सदस्यता नविकरण गर्न आग्रह गरेका छन् । पुस १५ सम्म नवीकरण नगरेमा महासंघको दशौ अधिबेशनमा सहभागीत हुन नपाईने बिज्ञप्तिमा उल्लेख छ ।

महासंघको मंसिर ९ गते बसेको बैठकले पुस १५ गते सम्म सदस्यता नविकरण नगरेमा अधिबेशनमा सहभागी हुन नदिने निर्णय गरेको बिज्ञप्तिमा उल्लेख छ ।