गोविन्द खड्का
घोराही, ११ पुस । जथाभावि मोवाईल मरमत केन्द्र खोलेर मनपर्दि ग्राहक ठग्नेलाई संघले विधिमा ल्याउने भएको छ । शनिवार घोराहीमा सम्पन्न मोवाईल तथा ईलेक्टोनिक संघको प्रथम साधारण सभा तथा अधिबेशनले नियम बाहिरकालाई अंकुश लाउने निर्णय गरेको हो ।
केहिले मोवाईल माात्रै बेच्छन् । केहिले मरमत केन्द्र संगै मोवाईल राखेका छन् ।

dsc_2946मरमत केन्द्र मात्रै भएकाहरु पनि छन् । सबैलाई एउटै छातामा भित्र आउन संघले आग्रह गरेको छ । अहिले सम्म एक सय २० जना संघमा सदस्य रहेको अध्यक्ष दिपक पाण्डेयले जानकारीदिए । । देउति मोवाईलका सञ्चालक पाण्डेयका अनुसार भालुवाङ देखि पुरन्धारा सम्म सात आठसय मोवाईल तथा ईलेक्टोनिक्स पसल रहेको अनुमान गरेको छ । तिनलाई तिन बर्ष भित्र समितिको मातहतमा ल्याई सक्ने लक्ष्य राखेको छ । सबैतिर अभियान थालिने बताइएको छ ।

व्यापारीको हक हितका लागि गठन भएको संघले ग्राहकको अधिकार र कर्तव्यको पनि ख्याल गर्ने वताएको छ । अनिवार्य पसल दर्ता गरी ग्राहकको विश्वास जित्न संघले सबै व्यवसायीलाई आग्रह गरेको छ । उनिहरुले उद्योग वाणिज्य संघ, कर र व्यवसायीक संघमा दर्ता गरेर मात्रै कारोवार गर्नुपर्ने छ । त्यसो नगरेका पसल व्यवसायी भाग्ने, ठग्ने खतरा रहने जनाएको छ ।

त्यसैगरी मोवाईल मरमत गर्नेहरुको लेवल तोकिने संघले जनाएको छ । ग्रँहकलाई झुक्याउन नमिल्ने गरी हरेक पसलले क्षमता अनुसारको मरमत गर्ने लेवल तोक्ने छन् । आफुले नजानेको मोवाईल सिकारुले खोल्न पाउने छैनन् । हरेक सामान तान्दा, उप्काउदा टुक्रिने, विग्रीने भाचिने खतरा रहने भएकाले ग्राहक संग विवाद आउन सक्छ ।

त्यसो हुन नदिन उसले सिकेको सिपको प्रमाणका आधारमा मात्रै खोल्न पाउने व्यवस्था गरीने संघले जनाएको छ । ग्रँहकलाई अग्रीम जानकारी गराएपछि विग्रीए पनि विवाद उत्पन्न नहुने संघको ठहर छ । त्यसो गरे मारमा परेका ग्राहक जोगिने र व्यवसायी पनि विवादमा नफस्ने दुवै थरीलाई लाभ हुने पाण्डेयले बताए । देख्न वित्तीकै जुनसुकै सामान नखोल्न बरु अर्काे ठाउ सिकाउन आग्रह गरेको छ ।

मोवाईल पसल सबैभन्दा चोरी हुने क्षेत्र रहेको साधारण सभाले निष्कर्ष निकालेको छ । चोरीकै कारण केहि मोवाईल व्यवसायीलाई क्षति पुर्ति नदिएर उकास्न नसकिने खतरा पटक पटक रहन्छ । संघको कोष वा व्यक्तिगत सहयोग बाट पनि जोगाउन सकिने भएकाले संघमा आबद्धहुन व्यवसायीलाई आग्रह गरेको छ ।

झोले अबैद्य कारोवारले समस्या पारेको संघको निष्कार्ष रहेको छ । त्यसले प्रत्यक्ष असर गरको भन्दै नियन्त्रणमा एकता बद्धको खाचो रहेको बताएको छ । कर तिरेर भाडा बुझाएर बसेको व्यवसायी कुरीरहने झोलेले व्यापार गरी फाईदा खाएको संघको ठहर छ । कम्पनीले तोकेको क्षेत्रमा आफ्नो वजार व्यवस्थीत गर्न सबैलाई आग्रह गरेको छ । त्यसमा अबैद्यले असर गरे संघले पहल गर्ने जनाएको छ ।

सो अधिवेशनले संघको अध्यक्षमा दिपक पाण्डे देउति मोवाईल घोराही, उपाध्यक्ष शालीकराम खनाल खनाल मोवाईल, सचिव शेषनारायण शर्मा, सहसचिव कृष्ण बहादुर कुवर कृश मोवाईल, कोषाध्यक्ष्ँ शरद केसी कनेक्टिङ मोर्वार्ईल चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ललित वेल्वासे, गगन केसी, रामप्रसाद खनाल, जिवन वली, राजेश कुमार गुप्ता र अरुण पन्थि चयन हुनुभएको छ । साधारण सभा तथा अधिबेशन संस्थापक दिनेश गौतमको अध्यक्षतामा भएको थियो ।