इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालको भवन निर्माणका लागि अर्थमन्त्रालयले करीव २५ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

2222अर्थमन्त्री कृष्णबहादुर महराले उपक्षेत्रीय अस्पतालको बन्दै गरेको भवनको तला थपका लागि ४ करोड ६३ लाख ९९ हजार एक सय ७४ रुपैयाँ र नयाँ भवन निर्माणका लागि २० करोड ६३ लाख १७ हजार ३ सय ४४ रुपैयाँ छ्ट्टयाएका हुन् ।

भवन निर्माण भएपछि राप्ती उपक्षेत्रीय अस्पतालमा भौलिक पूर्वाधारमा सहज आउने छ भने अस्पतालको स्तरउन्नतीका लागि पनि आधार बन्ने छ । विनियोजित बजेटबाट नयाँ भवनको थप तला थपिने छ भने मल्टी कम्पेलेक्सको नयाँ भवन निर्माण हुनेछ । सो कामका लागि राप्ती उपक्षेत्री अस्पतालका मेसु डा. जनार्दन पन्थी एक सातादेखि राजधानीमै रहेको बताइएको छ ।