युवतीहरू धेरैले आफ्नो सौन्दर्यमा ध्यान दिन्छन् । त्यसमा पनि नायिकाले त ध्यान नदिने कुरै हुँदैन । युवतीको रोजाइ नै जिरो फिगर हो । यस्तै जिरो फिगर भएकी वलिउड नायिका हुने करिना कपूर ।

1फिल्म ‘टसन’ मा उनको जिरो फिगरले युवतीहरूमाझ बहस नै सिर्जना गरेको थियो । उनको त्यो लुक्स देखेर कतिपय युवती आफूलाई जिरो फिगरमा ढाल्न लालायित भए । बलिउडमा जिरो फिगरको चलन नै करिनाबाट प्रारम्भ भएको मानिन्छ ।

करिना पछिल्लो समयमा योग क्रयजी बनेकी छिन् । फिटनेस विज्ञको सेड्युलअनुसार वर्क आउट गर्छिन् । जुन समय करिना धेरै व्यस्त रहन्छिन् तब केवल प्राणायाम र योगासन गर्छिन् । उनी एकै समयमा ५० पटकसम्म सूर्य नमस्कार गर्न सक्छिन् भने हरेक आसनमा ३० सेकेन्डभन्दा बढी टिक्न सक्छिन् ।
बिहान उठ्नासाथ तातोपानी पिउँछिन् । त्यसमा मह र कागती मिसिएको हुन्छ । त्यसको केही समयपछि ग्रिन टी पिउँछिन् । उनको ब्रेकफास्ट अलि हेभी हुन्छ । त्यसपछि हरेक दुई घन्टामा केही न केही खाइरहन्छिन् । यो उनको दैनिक क्रियाकलापले उनको सौदर्यतामा धेरै साथ दिएको छ ।