काठमाडौं, ११ पुस । ब्यवस्थापिका संसदको गतिरोध हटाउने पहल स्वरुप सभामुख ओनसरी घर्तीले आज सात ठूला दलको बैठक बोलाएकी छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सहमति जुट्ने विश्वास गरिएको छ ।

imagesयसअघि प्रमुख तीन दलको मात्रै छलफल डाकेर सहमति जुट्न नसकेको भन्दै सभामुख घर्ती ठूला सात दलको बैठक बोलाएकी हुन् । संविधान संशोधन विधेयकको विषयलाई लिएर दलहरुबीच विवाद जारी नै रहँदा संसद चल्न नसकेको भन्दै सभामुख ओनसरी घर्तीले आज सात दलको बैठक बोलाएकी हुन्।