काठमाडौं । गायक प्रितम लामाको नयाँ तामाङ सेलो गीत रोसी खोला भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक भएको छ । बिजय तामाङको शब्द रहेको गीतमा बुद्ध स्याङ्बाले संगीत दिएका छन् ।

p4सागर लामाद्धारा निर्देशित भिडियोको छायाङ्कन रेशम दर्लामीले गरेका हुन् भने एडिटिङ प्रदीप दाहालले गरेका छन् । भिडियोमा सुबासका अतिरिक्त रोहनीलाई देख्न सकिन्छ ।

भिडियो रोशी खोला र वरपरका रमणीय दृश्यहरु माझ खिचिएको छ । मौलिक नेपाली तामाङ सेलो संगीतले दर्शकहरुले मौलिक स्वाद पाउने छन् । मेहेन्दो माया बोलको तामाङ सेलो गीतबाट चर्चित भएका प्रितमको रोसी खोला पछिल्लो गीत हो ।

https://ssl.gstatic.com/ui/v1/icons/mail/images/cleardot.gif