एजेन्सी, ११ पुस । चिलीको दक्षिणी क्षेत्रमा हिजो शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तिव्रता ७।७ म्याग्नेच्युड मापन गरिएको छ ।

in-onlineभूकम्प पश्चात त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ । चीलो टापुबाट एक हजार मिटर आसपासको क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको हो ।

भूकम्पको केन्द्रविन्दु चीलो टापु आसपास भएको अमेरीकी भूगर्व विभाग यूएसजीएसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पको केन्द्र ३४ किलोमिटर जमिनमूनी रहेको यूएसजीएसले जनाएको छ ।

भूकम्पका कारण विभिन्न स्थानमा सडक भासिएका छन् भने बिजुलीका पोलहरु ढलेका छन् ।