इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । घोराही नगरपालिका वडा नं. ४ असारेका जुठे घर्तीका दुबै खुट्टा चल्दैनन् । वर्षाैदेखि दुई खुट्टा नचलेपछि उनी कि त घरमै वस्थे घरबाट वाहिर निस्कनु प¥यो भने ह्वेलचियरको प्रयोग गर्थे । उनी अपाङगता भएका व्यक्तिहरुको कार्यक्रममा सहभागी एउटा जुझारु व्यक्ति हुने ।

in-online-2दाङको घोराहीमा हुने अपाङगताको ¥यालीमा उनी सँधै अग्रपंतीमा हुन्थे । पछिल्लो केही समय यता घर्तीले राप्ती उपक्षेत्रीय अस्पताल नजिकै कुलोको विचमा डेव्ली राखेर जुटा सिलाउने काम समेत गरे । तर अहिले उनी सहासी पूर्ण काममा लागेका छन् । घोराही बजार क्षेत्रको अटो सिक्राको भिडमा उनी पनि अटो रिक्सा हाँकी रहेका हुन्छन् ।

in-online-1यो देख्दा जोसुकैलाई लाग्छ लौ अपाङग पनि काम गर्नमा कम छैनन् । तीन÷चार महिनादेखि अटो रिक्सा चलाउन शुरु गरेका ४० वर्षीय घर्तीले अहिले त्यही अटो रिक्साबाट दैनिक एक हजारदेखि दुई हजारसम्म आम्दानी गरिरहेका छन् ।

दुई वर्षको उमेरमा पोलियोबाट दुबै खुट्टा गुमाएका घर्ती सैघा–७ वाम्लामा जन्मीएका हुन् । ‘जीवनमा दुःख पाइएको छ, मैले यसरी अटो रिक्सा चलाउला जस्तो लाग्दैनथ्यो तर चलाउन सके, दूई÷चार पैसा कमाइपनि रहेको छु’, उनले भने, ‘घर व्यवहार पनि चलाइरहेको छु ।’