दाङ, ११ पुस । नवौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७३ अन्र्तगत दाङ क्षेत्र नम्बर २ स्तरिय खेलकुद कार्यक्रम लक्ष्मीपुर स्थित माविझिङ्नी बन्जाडीमा हुने भएको छ । ठूलो खेलकुद मैदान भएको माविझिङ्नी बन्जाडीमा क्षेत्रस्तरिय सम्पुर्ण प्रतियोगितात्मक कार्यक्रमहरु हुने विद्यालयले प्रशासनले जानकारी दिएको हो ।

निर्बाचन क्षेत्र नम्बर २ स्तरमा रहेको सम्पुर्ण विद्यालयका प्राधानाध्यापकहरुको आइतवारको बैठकले पुस २१ गतेदेखि २४ गतेसम्म सम्पुर्ण कार्यक्रमहरु गरिसक्ने निर्णय गरेको छ । चारदिन सम्म सञ्चालनहुने प्रतियोगितात्मक कार्यक्रमकालागि सम्पुर्ण विद्यालयलाई खबर गरिसकेको आयोजक समितिका संयोजक एब माविझिङ्नी बन्जाडीका प्राधानाध्यापक कृष्णप्रसाद अधिकारीले बताए ।

खेलकुदका कार्यक्रम अन्र्तगत एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ समय मिटर, एक हजार पाँच सय मिटर र तीनहजार मिटर छात्र तथा छात्राहरुको लागि दौड प्रतियोगिता, फिल्ड अन्र्तगत हाईजम्प, लङ्गजम्प, ट्रिपल जम्प, सटपट र ज्यावलिङ थ्रो छात्र तथा छात्राहरुको लागि आयोजना गरिनेछ । त्यस्तै छात्र तथा छात्राहरुको लागि कपर्दी, भलिवल प्रतियोगितापनि आयोजना गरिने छ ।

त्यसैगरी चार जना छात्र /छात्राका लागि एक सय मिटर र चारसय मिटरको रिले दौड प्रतियोगिता आयोजना गरेको कार्यक्रमका प्रचार प्रसार संयोजक नविन अभिलाषीले जानकारी दिए ।

सटपुटका लागि छात्रलाई १२ पाउण्ड छ भने छात्रालाई ८ पाउण्डको रहेको छ । ज्यावलिङ थ्रोकालागि छात्रलाई ८ सय ग्राम छ भने छात्रालाई ६ सय ग्राम रहेको जानकारी दिइएको छ । साथै रिले दौड, भलिवल र कपर्दी खेलमा जुन खेलाडी पनि खेल्न सकिने विद्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।