काठमाडौं– संशोधन प्रस्तावको विरोधमा रहेको नेकपा एमालेले ९ दलसँगको सहकार्यमा गर्न लागेको जनप्रदर्शनको लागि कार्ययोजना तय गरेको छ । सो जनप्रदर्शन आगामी पुस २२ गते हुने बताइएको छ ।
एमाले प्रचार विभागले आज एक बैठक बसी जनप्रदर्शन सफल बनाउन भन्दै विभिन्न कार्ययोजनाहरु पारित गरेको छ । जसमा उपत्यकाभित्र एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने, प्रदर्शनबारे एसएमएस अभियान चलाएर भाइरलै बनाउने, सामाजिक सञ्जालमा असभ्य भाषा नलेख्ने लगायतको प्रतिबद्धताका साथ प्रचार प्रयासको कार्ययोजना तयार पारिएको छ । रातोपाटी बाट
