गोविन्द खड्का
घोराही ।  घोराहीका एक व्यक्तिले दश बर्ष अघि एक लाख रुपैया“ ऋण लिनुभयो । त्यसको दश प्रतिशत आफुले राखेर एक लाखको कागज गरी अर्कोलाई लगानी गर्नुभयो । त्यो पैसाले एक जना विदेश उडे अहिले सम्म फर्केनन् । न त त्यो रकमको साहु व्याज केहि असुल गर्न सकियो ।

tanav5त्यो रकम भाकामै पुरा गर्न अर्को बाट ऋण लिनु पर्ने वाद्यता आयो । एकै ठाउ बाट झण्डै डेढलाख जुटाउनु सजिलो थिएन । ठुलो रकम तिर्न सक्ने कमाईको श्रोत उनि संग थिएन । एउटा बाट ल्याउने अर्कोलाई तिर्ने अरुकै पैसा काढ्दै र तिर्दै प्रकृया चल्यो । निरन्तर चलेको प्रकृयाले चिनजानका आफन्त सबै साहु बने । छरछिमेक र आफन्त रहेनन् साहु असामिमा बदलिए । त्यतिले पनि समस्या समाधान हुन सकेन । टोलविकास, वन समुह, बचत समुह, सबै ठाउमा पुग्यो । कतै बाकि रहेन । सबै ठाउमा केहि न केहि ऋण निकालेपछि थप माग्ने अबस्था सकियो ।

त्यस बेला घर र समुह चहार्दै हिड्ने व्यक्ति अलप भएका छन् । घरकै स्वास्नी छोरा छोरीले भेटाउने अबस्था समेत छैन । कहिल्यै समुहका महिला आएर घर घेरा हाल्छन् । कहिल्यै छिमेकि आएर दम्काउछन् । त कहिल्यै आफ्नै भनिएकाले हप्काउछन् । कतै समुहको बैठकमा पनि त्यहि विषयको चर्चा हुन्छ । उनका आफन्तलाई जवाफ दिन धौ भएको छ । सामाजिक प्रतिष्ठा र ईज्जतका लागि सामुहिक क्षेत्रमा लगानी भएको सानोतिनो रकम तिरेपनि बढि रकम सम्भव छैन । आफन्तले ऋण दिएका छन् । उनलाई भेटाउन निकै कठिन छ । कति बेला घर आउछन् त्यौ भेउपाउनै मुश्किल छ । त्यसैले गाउ समाजमा भुमिगतको चर्चा छ ।

‘फुपु म समस्यामा परे“’ उकास्नुस भनि घोराहीका एक महिला आफन्तको मा पुगिन् । नाता सम्बन्धको विश्वासमा पा“च लाख अर्को बाट निकालेर बुझाईन् । नजिककालाई कागज तमसुक पनि चाहिएन । नालनातो थाहथियो कारोवारमा फस्दै गएको बुझेका थिएनन् । जो उकास्नै नसकिने गरी डुबिसेकी थिईन् । मर्नु भन्दा बहुलाउनु सहि भनेर फुपुलाई फसाउन लागिन् । साता दश दिनका लागि लगिएको रकम महिना नाघि सक्दा पनि फिर्ता भएन । उल्टो भेटाउनलाई कठिन भयो । उज्यालो पार्न र अध्यारो छिप्पी सक्दा पनि घरमा कुर्न फुपु गईन् । पछि थाह भयो उनि भारत तिर छिरी सकेको । त्यो खुल्दा सम्म पेशा व्यवसार, घर घडेरी अर्काको भैसकेको थियो ।

त्यसरी भुमिगत भएका पुरुष पनि हराए । महिला पनि कतै फेला परिनन् । अहिले सम्म पनि फेसवुकमा सर्च गरीरहेका छन् । भारतमा रहेकालाई सोध खोज चलिरहैको छ । तर उनि भारत गएको त पक्का छ कुन ठाउ“मा हो ठेगान लागेको छैन । आफ्नो घरको जमिन बेचेर साहु चुक्ता गर्ने वाद्यता सहयोग गर्नेलाई आईलागेको छ ।

यसो त सामाजिक परिवेश भित्र यस्ता पिडितहरु बढिरहेका छन् । तिनिहरु कानुनी प्रकृयामा पुग्न पर्याप्त प्रमाण भेटाउन सकेका छैनन् । केहि प्रतिशत रकम खाएर दलालि गरेकाले कानुनि रुपमा लगानी गर्नेहरुनै फस्ने खतरा छ । त्यसो नगर्नेहो भने पैसा लगेको मान्छे भेटिदैन । त्यसले दिएको तनाव सहेर बस्ने वाद्यता छ । घर परिवारमा किचलो वा व्यक्तिगत रुपमा तनाव झेलिरहेका छन् । त्यसको निकास दिन नसकेका स्थानियले पैसा लगानि गर्नेहरु भुमिगत हुने अनौठो मानेका छन् । लगानी गरेर फाईदा होला भन्दा समाजमा तनाव बढाएको छ ।