गोविन्द खड्का
घोराही, १० पुस । घोराही ६ का टोलहरुका नियमित बैठक फोहरी र अटेरीका घरमा बस्ने भएका छन् । वडा नागरीक मञ्च र सरसफाइ समितिको शनिवार बसेको संयुक्त बैठकले छानेर बैठक बसाल्न आग्रह गरेको हो ।

baithak

अहिलेको अबस्था बारे सरसफाइ समितिका सचिव दिनेश वलीले जानकारी गराउनुभएको थियो । घरदैलो अनुगमनका क्रममा सुपैला र अखबरे टोल पुर्ण सफागर्न सकिने बताउनुभयो । वलीले सबै भन्दा समस्या हात्ति खर्क टोलमा रहेको जनानउनु भयो । वडानागरीक मञ्चका संयोजक एवं सरसफाई अनुगमन समितिका संयोजक धर्म हमाल नेतृत्वको टिमले रझेना, माउन्टभ्यू, गिठेपानी लगाएतमा अनुगमन गरेको छ । बैठकमा हमालले हर्पिक नचिन्ने, बुरुष लगाउन नजान्नेलाई सिकाउदै जाने अभियान चाहिएको बताउनुभयो ।

‘चौधरी र दलित वस्तिमा बाहिर दिसा भेटिदै छ’ ब्रम्हचारी टोलका मुकेश भुषालले सोध्नुभयो, ‘तिनका घरमा सचेतना कसले दिने ?’ बैठकमा सहभागि अर्का सदस्य ढोडेनीटोलका निमा घर्तिले थप्नुभयो, ‘मेरो घर किन्नुस मलाई निकाली दिनुस् भन्छन् ।’ उहाले थप्नुभयो, ‘एस पि डिएसपि ल्याउ हामिलाई के गर्छन् भन्छन् ।’

फागुन मसान्त सम्म वडालाई पुर्ण सफागर्न नदिने वाधकहरुका बारेमा व्यापक छलफल भएको थियो । दिदि वहिनीका घनवहादुर रावत, रानी जरुवाका सतबहादुर रोका लगाएतले टोलकै अगुवाले ‘अनुगमन नगरे केहुन्छ ?’ भनेर उल्टो सोध्ने समस्या रहेको बताउनुुभएको। गुम्वाका सुर्य विकले बानि बसाल्नकै लािग हरेक हप्ता हाजीर लगाएर कुचो बढार्न लगाएको जानकारी दिनुभयो ।

भाङ धतुरो खाएर हिड्नेले फोहर छोड्दै मसिना टोलका श्याम पाण्डेयले जानकारी गराउनुभयो । उहाका अनुसार बाटोमा गएर दिसा गर्ने थोरै सुधार भएपनि आनीवानी उस्तै रहेको बताउनुभयो ।

नया बस्ति बढिरहेकाले चुनौति थपेको पुष्पाञ्जलिका चन्द्र बहादुर बुढामगरको भनाई थियो । घर र शौचालय एकै साथ बनाउने बानि अझ ै बसेको छैन । यसो त नौलो टोलका बुदिराम चौधरीका अनुसार एक घरले चर्पि बनाएको छैन । हात्तिखर्कका अर्जुन बुढाका अनुसार बनाउनै मान्दैनन् । केहिले दुई घण्टा लगाएर एक गाग्री पानी भर्छन् तिनलाई दबाब दिन सकिन्न ।

महिनामा दुईपटक सफागर्ने दिपज्योतिमा भाडावालाले थोरै समस्या पारेका छन् । यज्ञराज खत्रीका अनुसार तिनलाई कि अन्तै सर कि चर्पि बनाउ भनिएको छ । गिठेपानी टोलका नम बहादुर खत्रिका अनुसार शौचालय नबनाएकालाई १५ दिने म्याद दिएको छ । त्यसको सबै अबस्था जानकारी सचिव तुलसीराम बुढाले राख्नुभएको छ । अझै ६ घरले शौचालय बनाउन बाकि देखिएको छ ।

उच्च टोलका दिल बहादुर पुनका अनुुसार आफैले सहि छाप गरेको कागज पनि नगर पालिकाले लागु गर्न सकेन । आफैले जारी गरेको सरसफाइ परिचय पत्रलाई नागरीकता सरहको मान्यता दिनुपर्छ । त्यसो नगरीए कार्यक्रम सफल बनाउन सकिन्न । सबै सेवा सुविधा अघि जाच हुनुपर्छ ।
बध शाला आस पासका टोलहरुका अनुसार मासु खानै मन लाग्दैन । ढल बाट जम्मा भएको पानीले रागा धोईन्छ । चमेलि टोलका जगत पुनका अनुसार दुनियाका दिसा पिसावको रसले धोएको मासु खाएर सरसफाइ हुदैन । व्यवस्थित बधशाला वा अहिलेको बधशालाई परिमार्जन चाडै गर्नुपर्छ । माउन्ट भ्युटोलका पार्वति रावतका अनुसार सरसफाई गरे भनेको कसैले मान्दैनन् । गोदावरी टोल घोषणा गर्न तयार छ । त्यसो त अटेरीहरुको वन उपभाक्तो समितिको कार्ड जफत गरेको बसन्त हरीयाली सामुदायीक वनका अध्यक्ष राम बहादुर घमले बताउनुभयो ।

भौतिक निर्माण सम्पन्न भएपनि मानसीक परिवर्तन गर्न नसकेकाले सताएको घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले बताउनुभयो । बैठकका प्रमुख अतिथि रेग्मीले भन्नुभयो, ‘अफ्ठेरा मान्छे जहा पनि हुन्छन्’ उहाले थप्नुभयो, ‘पिच बाटो रक्सी खाएर फत्ताउदै हिड्नलाई हो भन्ने ठान्ने लाई के गर्ने ?’ उहाले नगर वासिले गरेको हरेक कामको जिम्मेवारी नगर पालिका हुने भन्दै अभियान चलाउनेहरु प्रति खुशि व्यक्त गर्नुभयो ।

आवश्यक सहयोग गर्न सदैव तयार रहेको जानकारी दिनुभयो । रेग्मीले अक्कर परेको बेला, बाध अड्चन आउदा सहयोग माग्न आग्रह गर्नुभयो । रागाको बधशाला चाडै अनुगमन गरीने बताउनुभयो । सो बैठकको अध्यक्षता खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सैयोजक मिनराज गौतमले गर्नुभएको थियो ।