tulsipur-3

बिमल गौतम, तुलसीपुर, ११ पुस । तुलसीपुर नगर पालिका वडा नम्वर ३ को वडा नागरिक मञ्चको अध्यक्षमा पुनाराम भण्डारी निर्वाचित भएका छन् । एक वर्षै कार्यकाल पुराभए पछि आइतवार भएको भेलाले भण्डारीलाई अध्यक्षमा सर्वसहमति बाट चयन गरेको हो ।

सामाजिक परिचालक लिना शर्माले दिएको जानकारी अनुसार मञ्चको ब्यवस्थापन समितिको सहसंयोजकमा राधादेबी न्यौपाने , सदस्यमा कमल पोख्रेल , बिष्णु पराजुली र सदस्य सचिवमा सामाजिक परिचालक शर्मालाई चयन गरिएको छ ।

वडा नागरिक मञ्चका पुर्व अध्यक्ष ईश्वरी पोख्रेलको अध्यक्षता एव तुलसीपुर नगर पालिकाका एलजिसीडीपी कार्यक्रम अधिकृत भिम खत्रीको प्रमुख आतित्थ्यता एवं वडा सचिव होमबहादुर खत्रीको बिशिष्ट आतित्थ्यतामा भएको भेलाले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

उक्त कार्यक्रमका बक्ताहरुले मञ्चले वडाको बिकासमा जिम्मेवारी पुर्वक लाग्न आग्रह गरेका थिए । बक्ताहरुले वडा नागरिक मञ्चले वडामा हुने बिकास निमार्णका साथै प्रभावकारी रुपमा अनुगमन गरेको भन्दै प्रशंसा गरेका थिए ।

वडा नागरिक मञ्चका सह–संयोजक वसन्ता सापकोटाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा एलजिसीडीपीका कार्यक्रम संयोजक हेमन्त योगीले वडा नागरिक मञ्चका काम , कर्तव्यका बारेमा प्रकास पारेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका ईकाई सभापती प्रेमबहादुर केसी , नेकपा एमालेका लोकमणि पन्थी , माओबादी केन्द्रका तारा प्रसाद भण्डारी , राष्ट्रिय जनमोर्चाका खिमानन्द खनाल , श्रीगणेश सामुदायिक वनका अध्यक्ष खगेश्वर पराजुली , दलित संजालका प्रेम बिक , गौरादेवी टोलका बिष्णु पोख्रेल लगाएतकाले मनतब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहवजीकरण सामाजिक परिचालक लिना शर्माले गरेकी हुन ।