तुलसीपुर १० पुस । नेपाली कांग्रेस घोराही नगर समितिद्धारा प्रकाशित हाम्रो कांग्रेस नामक पुस्तकका विषयमा घोराहीमा समिक्षा गरिएको छ । काग्रेस घोराही नगरपालिका वडा नं. ४ का वडा ईकाइ सभापति सन्तोष योगीको अध्यक्षता तथा कांग्रेस जिल्ला सदस्य निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं कांग्रेस घोराही नगर सभापति मनोज वुढाथोकीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा पुस्तकमा समेटिएका विषयहरुको वारेमा छलफल गरिएको थियो । साथै पुस्तक वितरण पनि गरिएको थियो ।
हरि सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा दलित संघ दाङका संयोजक खेमराज विक लगायतले पुस्तक वारे आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण रोमाकान्त आचार्यले गरेका थिए ।
