कुसुम वि. क .
गुलरिया, १० पौष ।
बर्दियाको गुलरियामा बैक अफ काठमान्डुको लापरवाहिका कारण सामाजिक सुरक्षा भत्ता पाउन बाट नागरिक वन्चित सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउने भन्दै नेपाल सरकारले बैकिङ प्रणाली गरेपछि बैकले नै भत्ता वितरण नगरेका कारण बृद्धबृद्धा सवै भन्दा वढि मारमा परेका छन ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउने उदेश्यका साथ ल्याएको निति अनुसार गुलरिया नगरपालिकाले बर्दियाको गुलरियामा रहेको बैक अफ काठमान्डु सग ६ महिना अधि गएको साउन महिनामा सम्झौता गरेको , जिल्लामा रहेका बैक हरु मध्ये बैक अफ काठमान्डुले सो कार्य गर्ने सहमति भए अनुसार नगरपालिका सग सम्झौता भइ नगर क्षेत्रका करिब ४ हजार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाइ दशै अगाडि नै वितरण गर्ने भनि सम्झौता अनुसार नगरपालिकामा आएको सामाजिक सुरक्षा भत्ता वितरणको रकम पहिलो चौमासिकको १ करोड ८४ लाख ३० हजार ४ सए रुपैया सहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुको नामावली बैक अफ काठमान्डु लुम्विनि लिमिटेडमा पठाइएको गुलरिया नगरपालिका का सुचना अधिकारी मुकुन्द अर्यालले जानकारी दिनु भयो ।
सहमति , सम्झौता अनुसार काम बैक अफ काठमान्डुले काम नगरेका कारण आफुहरुलाइ पनि समस्या भएको बताउनु भयो । साथै बैक का कर्मचारी र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने समुदाय र नगरपालिका विच वसेको बैठकले बैकले अझै २ महिनाको समय मागेको उहाले बताउनु भयो ।
बर्दियाको गुलरिया नगरपालिका क्ष्ँेत्रमा दशै अगाडि नै वाडिनु पर्ने सामाजिक सुरक्षा भत्ता बैक अफ काठमान्डु बर्दियाले अझै नवाडदा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक समस्यामा परेका छन ।
बैक अफ काठमान्डुले सम्झौता अनुसार वार्ड मै गएर सुन्य मा खाता खोल्ने भएपनि बैक वार्ड नगएको र बैकमा बोलायर खाता खोल्न लगाएकोले झन समस्या भएको जेष्ठ नागरिक समाज गुलरिया बर्दियाका अध्यक्ष पुण्य प्रसाद गौतमले बताउनु भयो । अहिले चिसो मौसम त्यसमा पनि विहानै ८ वजे बैक जादा पनि दिनभरी बस्दा खाता खोल्ने सम्मको काम नहुनु बैकले लापरवाहि गरेको आरोप लगाउनु भयो ।
यता बैक अफ काठमान्डु बर्दियाका अधिकृत हरिस वडुले सम्झौता अनुसार काम गरिरहको बताउदै माघ को अन्तिम साता सम्म भत्ता वाडिने बताउनु भयो । उहाका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरीकको सख्या बढि रहेको भन्दै आफनो कार्यालयमा कर्मचारीको कमिका काराण पनि समस्या देखिएको भन्दै एक जनाको खाता खोल्न ४५ देखि ५० मिनेट सम्म लाग्ने बताउदै यस कारण पनि ढिला भएको बताउनु भयो ।
बर्दियाका अन्य भागमा सामाजिक सुरक्षा भत्ता वितरण भैसकेको छ तर गुलरिया नगरपालिकामा मात्रै वितरण गरिएको छैन , अन्य क्षेत्रमा गाविस आफैले तथा अन्य बैकहरु मार्फत वितरण भैसकेको छ । तर गुलरियामा बैक अफ काठमान्डुले लापरवाहि गरेका कारण जाडोमा सामाजिक सुरक्षा भत्ता पाउने नागरीक लाइ समस्या भएको हो ।
